अवैध रूपमा क्ल बाइपास गर्ने दुई जना पक्राउ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १५:५८:५२
११ साउन, काठमाडौं । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगंज गाउँपालिका–४ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी रहेका छन् ।
नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा भिओआइपी संचालन गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१६ खरिबोट बनस्थली बस्ने भुपेन्द्रको घरबाट उनीहरूलाई भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरणहरू सहित पक्राउ गरेको हो ।
उनीहरूले प्रयोग गरेको राउटर १ थान, ८ पोर्टको भिओआइपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सिम कार्ड १ थान र एनसेल कम्पनीको सिमकार्ड ९ थान बरामद भएको छ । उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार