फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा आगजनी
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १६:१६:११
११ साउन, पेरिस । फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ । पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्सको उच्च गतिको 'टिजिभी' रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलीटहरूले आक्रमण गरेको खेल मन्त्री अमेली ओडियाकास्टेराले शुक्रबार बताए।
उच्च गतिको रेल सेवा नेटवर्कलाई प्रभावित पार्न भएको आगजनीसहितको आक्रमणले यातायात प्रणाली अवरुद्ध भएको छ । राष्ट्रिय रेल सञ्चालक ‘एसएनसिएफ तोढफोड जन्य कार्यको सिकार भएको छ भने आक्रमणले एटलान्टिक, उत्तरी र पूर्वी लाइनहरूलाई असर गरेको छ ।
आक्रमणले रेल सुविधालाई क्षति पु¥याउँदा प्रभावित लाइनहरूमा ‘रेल ट्राफिक अवरुद्ध’ भएको तथा मर्मत सम्भार लगायतको अवस्थाले प्रभाव साताब्यापी रहने जनाइएको छ । आक्रमणपछि रेलहरू विभिन्न मार्गमा मोडिरहेको अवस्थामा ठूलो सङ्ख्यामा रद्द गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कडा सुरक्षा ब्यवस्थाबीच ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा तीन लाख दर्शक तथा पाहुना उपस्थित हुने अपेक्षा गरिएको समय आकस्मिक आक्रमण गरी बदनाम गराउने प्रयास भएको छ ।
शुक्रबार साँझ हुने परेडमा सात हजार ५०० जनासम्म प्रतियोगीहरूले ८५ वटा डुङ्गामा साइन नदीको छ किलोमिटर यात्रा गर्नेछन् । स्रोतका अनुसार एथलेटिक्स स्टेडियम बाहिर ग्रीष्मकालीन ओलम्पिकको यो पहिलो उद्घाटन हुनेछ ।
आक्रमणपछि पेरिसको मोन्टपार्नास रेल स्टेसनमा रेल सेवा ३० मिनेटदेखि साढे दुई घण्टाको ढिला हुने घोषणा भएपछि कैयौँ यात्रुहरू अलपत्र परेका र थप जानकारीको लागि पर्खिरहेका छन् । जुलाई २९ 'सोमबार'बाट सामान्य सेवा पुनः सुरु हुने अपेक्षा रेलवे स्टेसनको प्रस्थान हलमा रहेको एउटा सङ्केतमा लेखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
मंसिर ३०, २०८१ आइतबार
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
मंसिर ३०, २०८१ आइतबार