पाकिस्तानी अर्थमन्त्री चीनमा, ऊर्जा क्षेत्रको कर्जामा राहतका लागि छलफल केन्द्रित
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १६:२२:४३
११ साउन, इस्लामाबाद । चीन भ्रमणमा रहेका पाकिस्तानी अर्थमन्त्री मुहम्मद औरङ्गजेबले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा देशलाई ऊर्जा क्षेत्रको ऋणबाट राहतका लागि छलफल गरेका छन् ।
औरङ्गजेब र पाकिस्तानका ऊर्जा मन्त्री सरदार अवैस लघारीले बिहीबार बेइजिङमा चिनियाँ अर्थमन्त्री लान फोआनसँगको भेटवार्तामा यस विषयमा छलफल गरेको पाकिस्तानी दैनिक पत्रिका एक्सप्रेस ट्रिब्यूनले शुक्रबार जनाएको छ ।
भेट वार्तामा मन्त्रीहरूले ऊर्जा ऋण तिर्न, अमेरिकी डलरमा आधारित ब्याज भुक्तानीलाई चिनियाँ मुद्रामा रूपान्तरण गर्न चीन–पाकिस्तान आर्थिक करिडोर 'सिपिइसी' र अन्य चिनियाँ वित्त पोषित परियोजनाहरूका लागि ब्याज दरहरू घटाउन आठ वर्षको म्याद थप गर्न अनुरोध गरे ।
मन्त्रीहरूले औपचारिक रूपमा चीनलाई कर्जा पुनर्निर्धारण गर्न अनुरोध गर्दै सिपिइसी पावर प्रोजेक्टको बक्यौता ४४ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा पाकिस्तानको ४०१ अर्ब रुपैयाँ पुगेको छ ।
भेटघाटको उद्देश्य ऊर्जा लागत घटाउनु र अन्तर्राष्ट्रिय मुद्रा कोष 'आईएमएफ' बाट सात अर्ब डलरको सहयोग प्याकेजको स्वीकृति सुरक्षित गर्नु हो ।
चीन र पाकिस्तानबीच सन् २०१५ मा हस्ताक्षर भएको सिपिइसी ऊर्जा फ्रेमवर्क सम्झौता अनुसार पाकिस्तानले भुक्तानी गरी सक्नुपर्नेमा सो बमोजिम नहुँदा दुई देशबिच थप वित्तीय र व्यावसायिक सम्बन्धमा बाधा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
मंसिर ३०, २०८१ आइतबार
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
मंसिर ३०, २०८१ आइतबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार