जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाउन थालियो, ५ वटा लगिए
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १६:५८:१९
११ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ । दुर्घटनामा मृत्यु भएकाहरूका केही आफन्तले भने शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ ।
शव परीक्षण सकिएकाले आजै आफन्तलाई बुझाउने भनिए पनि क्षतिपूर्तिको विषयमा अझै सहमति हुन नसकेको हो । महाराजगन्ज प्रहरी वृत्तका डीएसपी अमर थापाका अनुसार ५ वटा शव भने अन्त्येष्टिका लागि लगिएको छ । उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार, सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेका डीएसपी थापाले बताए ।
शव बुझ्ने हतारोमा मृतकका आफन्तहरू शिक्षण अस्पतालमा जम्मा भएका छन् । केही मृतकका परिवार तथा आफन्तले भने शव हेर्न भित्र बोलाएर जबर्जस्ती शव बुझेको कागजमा हस्ताक्षर गर्न गराउन लगाएको आरोप समेत लगाएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार पहिचान भइसकेका शवहरू आजै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।
बुधबार बिहान ११ः११ बजे काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । विमान चालक मनिषरत्न शाक्यको भने काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।
सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गरेर मृतकका परिवारलाई यथोचित सहयोग दिने बताए पनि बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने आफन्तको माग छ । सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने केही आफन्तका परिवारको भनाइ छ ।
यस्तो छ सौर्यको विज्ञप्ति
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार