राष्ट्र प्रमुखको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले दोलखा भीमेश्वरमा गरे क्षमा पूजा
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १७:४७:३८
११ साउन, काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमापूजा गरिएको छ । दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जनविश्वास छ । भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो ।
गणतन्त्रपछि त्यो परम्परा छाडेर भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहिआएको छ ।
सोही परम्पराअनुसार राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गरिएको हो । क्षमा पूजामा ११ जना पुरोहितले लघु रुद्री पाठ, यज्ञ होम, ग्रह पूजा र मुलुकमा शान्तिको कामनासहित माङ्गलिक दोष शान्ति पूजा गरिएको थियो । क्षमापुजाको सबै खर्च सरकारले व्यहोर्ने बताइएको छ ।
दोलखा भीमेश्वरको शीलामा गत साउन ५ गते र लगत्तै साउन ९ गतेपनि पसिना आएको थियो । भीमसेनको शिलाको बायाँ भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ । शीलाको दायाँ भागबाट पसिना आउँदा भने शुभ संकेत मानिन्छ । गत साउन ५ गते शिलाको बायाँ भागबाट र ९ गते शिरबाट पसिना आएको थियो ।
यसअघि वि.सं.१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ मा भीमसेनको शिलाको बायाँ भागबाट पसिना आएको थियो ।
यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरूको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको छ । भीमेश्वर मन्दिर व्यवस्थापन समितिको तर्फबाट दुई जोर कालो बोकासमेत बली दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह
पुष १३, २०८१ शनिबार
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
पुष १३, २०८१ शनिबार
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
पुष १३, २०८१ शनिबार
‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
पुष १३, २०८१ शनिबार
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार