ओलम्पिकको संदिध षड्यन्त्रमा रुसीको गिरफ्तारीबारे जानकारी नभएको क्रेमलिनको भनाइ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार २१:१८:३१
११ साउन, काठमाडौं । पेरिस ओलम्पिकलाई लक्षित गर्ने संदिग्ध ‘अस्थिरता’ षड्यन्त्रको आरोपमा फ्रान्समा एक रुसी व्यक्तिको गिरफ्तारीका बारेमा मस्कोलाई जानकारी नभएको क्रेमलिनका प्रवक्ताले शुक्रबार बताएका छन् ।
ती व्यक्तिलाई मंगलबार पेरिसमा पक्राउ गरिएको थियो तर क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई फ्रान्सले रुसी अधिकारीहरूलाई जानकारी नगराएको बताए ।
“हामीलाई कुनै जानकारी छैन, हामीले मिडिया रिपोर्टहरू देख्यौँ, पेरिसमा हाम्रो दूतावासलाई हिरासतका बारेमा जानकारी गराइनुपथ्र्यो, हामीलाई आशा छ दूतावासलाई जानकारी गराइनेछ”, उनले भने । पेसकोभले मामिलाका बारेमा मिडियो रिपोर्टहरूलाई ‘धेरै उत्सुक’ बताए।
फ्रान्सेली अभियोजकहरूले सन् १९८४ मा जन्मिएका ती व्यक्तिमाथि ‘फ्रान्समा शत्रुता भड्काउन विदेशी शक्तिलाई गुप्तचर हस्तान्तरण गरेको’ आशङ्का गरिएको बताएका छन् ।
ले मोन्डे अखबारका अनुसार प्रहरीले उनको अपार्टमेन्टमा ‘कूटनीतिक चासोका’ दस्तावेज फेला पारेको थियो । उनी रियालिटी टिभी कार्यक्रमहरूमा देखा परेको तथा फ्रान्सेली स्कि रिसोर्टमा सेफका रूपमा काम गरेपछि रुसी एफएसबी गुप्तचर सेवाका लागि काम गरेको शङ्का गरिएको थियो ।
“उनी अस्थिरता, हस्तक्षेप, जासुसीको सञ्चालन व्यवस्थित गर्न गइरहेका थिए भन्ने हामी दृढतापूर्वक सोच्दछौँ”, फ्रान्सका गृहमन्त्री गेराल्ड डर्मानिनले बुधबार बिएफएम टेलिभिजनलाई भने, “उनी अब न्याय प्रणालीमा छन्, यसले प्रहरीको सन्देहको पुष्टि गर्न सक्षम हुनेछ ।”
युक्रेनमा क्रेमलिनको आक्रमणका कारण मस्कोका करिब सबै खेलाडी पेरिस ओलम्पिकबाट बाहिरिएका छन् । तटस्थका रूपमा १५ खेलाडी मात्र प्रतिस्पर्धा गर्न तयार छन् ।
शुक्रबार ओलम्पिक उद्घाटन समारोहभन्दा केही घन्टाअघि रेल तोडफोडका कारण फ्रान्सको उच्च–गतिको रेल नेटवर्कमा अवरोध पुगेपछि ‘आधारभूत राष्ट्रिय हितहरू’ लाई कमजोर पारेकामा अनुसन्धान सुरु गरिएको पेरिस अभियोजकहरूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
मंसिर ३०, २०८१ आइतबार
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
मंसिर ३०, २०८१ आइतबार