अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
नेपालबहस संवाददाता
साउन १२, २०८१ शनिबार १०:४२:३८
१२ साउन, कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए । उनले सेवानिवृत्त भएपछि राज्यबाट पाउने निवृत्तिभरण पाइरहेका छन् । चालू आर्थिक वर्षबाट निवृत्तिभरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उनको पुरानो नागरिकताले काम नगर्दा नयाँ बनाउनुपर्ने भयो । विसं २०३४ मा जिल्ला प्रशासन कार्यालय अछामबाट जारी भएको नागरिकताको प्रतिलिपि उनले लिन पाएनन् । सशस्त्र द्वन्द्वका समयमा अछाम जिल्ला प्रशासन कार्यालयमा भएका सबै विवरण नष्ट भएका कारण तिमिल्सिनाको पुरानो अभिलेख भेटिएन । पुरानो अभिलेख नभेटेपछि उनले नयाँ नागरिकता बनाउनुको विकल्प रहेन ।
“नागरिकता पुरानो भए पनि सबै कुरा प्रष्ट देखिन्छ । त्यो नागरिकताले राष्ट्रिय परिचयपत्र बन्दैन”, उनी भन्छन्, “प्रतिलिपिका लागि पुरानो अभिलेख छैन । नयाँ बनाउँदा आजसम्म पेस भएका निकायमा नयाँ नागरिकता लिएर विवरण सच्याउँदै जानुपर्ने हो कि भन्ने चिन्ता छ ।” यो समस्या तिमिल्सिनाको मात्रै होइन । सशस्त्र द्वन्द्वका समयमा जिल्ला प्रशासन कार्यालय अछाममा अभिलेखका लागि राखिएका सबै कागजात नष्ट भएका कारण कैयौँलाई समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यालय अछाममा २०५८ साल अगाडिको कुनै अभिलेख छैन । विसं २०५८ अगाडि नेपाली नागरिकता लिएकाले अहिले प्रतिलिपि नलिएर नयाँ नागरिकता लिनुपर्ने भएको छ । नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता बनाउनुपर्ने बाध्यताले कैयौँले दुःख पाएका छन् । टीकापुरकै पार्वती उपाध्याय उमेरले ९० पुगे । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएपछि नयाँ नागरिकता लिनुपर्ने बाध्यता उनलाई आइलागेको छ ।
“पुरानो नागरिकता हुँदाहुँदै नयाँ बनाउन प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता छ”, उनी भन्छन्, “पुरानो आधार नभएकाका लागि नयाँ नागरिकता आवश्यक भए पनि भएकाको त्यसैबाट काम हुँदा मजस्ता कैयौँले दुःख पाउने थिएनन ।”सरकारले मातहतका कार्यालयमा अभिलेख नभए पनि बुझिने विवरण भएका नागरिकलाई टिप्पणीका आधारमा नागरिकताको प्रतिलिपि उपलब्ध गराए सहज हुने सेवाग्राहीको बुझाइ छ । त्यसमा पनि अरुको सहारामा हिँड्नुपर्ने ज्येष्ठ नागरिक झन अप्ठ्यारोमा परेका छन् । घरमा अभिभावक नभएका ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी समस्या हुन थालेको छ । नयाँ नागरिकताका लागि साक्षी व्यक्ति नै सेवाग्राहीले पाउन सकेका छैनन् ।
वडा कार्यालयदेखि इलाका प्रशासन कार्यालयसम्म धाउनुपर्दा
दुःख पाएको लम्कीचुहा नगरपालिका–७ का पदम बोहरा बताउँछन् । “राष्ट्रिय परिचयपत्रका कारण बुढेसकालमा दुःख पाइयो । कहिले प्रशासन कहिले वडा कार्यालय धाउँदाधाउँदा हैरान छु”, उनी भन्छन् । नागरिकताको सिफारिसका लागि साक्षी बस्ने व्यक्ति पाउन नै मुस्किल हुने गरेको उनले बताए । इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भुमिश्वर पोख्रेलले पुरानो अभिलेख नभएर नयाँ नागरिकता बनाउने सेवाग्राहीले दुःख पाएको बताए ।
उनका अनुसार विभागले पुरानो अभिलेखका आधारमा मात्रै नागरिकताको प्रतिलिपि लिन सकिने, अन्यथा नयाँ प्रक्रियाबाट गएर नयाँ नागरिकता लिनुपर्ने व्यवस्थाले सेवाग्राहीलाई समस्या भएको हो । विभागबाट जस्तो परिपत्र भएको छ त्यसैअनुसार सेवाग्राहीको काम गर्ने हो । परिपत्र भएअनुसार नयाँ प्रक्रियामा जानुपर्नेलाई त्यसैअनुसार गर्न भनेका छौँ भने प्रतिलिपिको हकमा पनि त्यहीँ हो । उनले भने, “सरकारी निकायमा अभिलेख नभएर व्यक्तिले पाएको प्रमाणपत्रका आधारमा पुरानो नागरिकताका आधारमा प्रतिलिपि दिन सकेको भए धेरै सेवाग्राहीलाई सहज हुने थियो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी वायुको प्रभाव: देशभरको तापक्रम क्रमशः घट्दो
कात्तिक २, २०८१ शुक्रबार
गोविन्दे हात्तीमा रेडियोकलर जडान
कात्तिक १, २०८१ बिहिबार
विपद् जोखिम प्राधिकरण कार्यकारी समितिको बैठकले के के निर्णय गर्यो ?
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार