विमान दुर्घटनामा परेकामध्ये ११ जनाको शव परिवारले लगे, विदेशीसहित ७ जनाको बाँकी
नेपालबहस संवाददाता
साउन १२, २०८१ शनिबार ११:४९:५९
१२ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आफन्तलाई बुझाउने क्रम जारी छ । त्रिभुवन विमानस्थलमा भएको जहाज दुर्घटनामा परेका मध्ये ११ जनाको शव परिवारले बुझेका छन् । अब एक विदेशसहित ७ जनाको शव बुझाउन बाँकी छ ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पतालका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् । विदेशी नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले बाँकी छ । अरु केहीका आफन्त विदेशबाट आउनु पर्ने भएकोले शव बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ ।
बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनको मृत्यु भएको थियो । पोस्टमार्टम सकिएसँगै शव पहिचान कार्य गरी आफन्तलाई बुझाउन थालिएको हो । १८ शवमध्ये १ महिला र बालकको शव पहिचानका लागि सहज भएको थियो ।
१२ शवलाई परिवारले दिएको विवरणअनुसार पहिचान गरिएको थियो । चार शव भने आगोले डढेका कारण पहिचान गर्न केही कठिन भएको थियो । मृतकका परिवारजनले बिमा र एयरलाइन्सले दिने क्षतिपूर्तिको पनि माग गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार