ढुंगेलले पर्सा प्रहरीको कमाण्ड सम्हालेयता अवैध तस्करी, लागूऔषध कारोबार नियन्त्रणमा उल्लेख्य सुधार
आबिद हुसेन
साउन १२, २०८१ शनिबार १४:५९:२५
१२ साउन, वीरगंज । प्रहरी उपरीक्षक कुमुद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेको ५ महिना यता अवैध तस्करी, लागूऔषध कारोबार र अपराधजन्य घटना नियन्त्रणमा उल्लेख्य सुधार आएको छ ।
सीमा पारबाट हुने अवैध ओसारपसार तथा तस्करीमा कडाइ गर्दै प्रहरी उपरीक्षक ढुंगेल हाजिर भएयता सर्टिङ सुटिङका कपडा, मोटर पार्टस, खाद्यान्न लगायतका सामान नियन्त्रणमा लिएर करिब २३ करोड भन्दा बढी भन्सार तथा राजश्व दाखिला गर्न सफल भएका छन् । प्रहरी उपरीक्षक ढुंगेल गएको फागुन २ गते सरुवा भएर ९ गतेबाट जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कार्यभार सम्हाल्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख ढुङ्गेलले प्रहरीको सक्रियताकै कारण अवैध रूपमा भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउने माथि निगरानी बढाएकै कारण बरामद हुने समान तथा रकम बढेको बताए । प्रहरीले चोरी, तस्करी गरेर भित्र्याएको सामान बरामद गरेर वीरगंज भन्सार कार्यालयमा बुझाउने गरेको छ भने बिल बीजक अनुसार नभएको सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने गरेको छ ।
यस्तै ढुंगेलले कार्यभार सम्हालेयता भारतबाट नेपाल भित्र्याउन लागिएको करिब ३७ हजारभन्दा बढी कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट समेत गरिएको छ । भन्सार छलेर हुने चोरी तस्करी नियन्त्रणमा विशेष ध्यान दिएर चेकजाँच कडाइ गरिएको उपरीक्षक ढुंगेलले बताए ।
यस्तै वीरगंज लगायत आसपासमा रहेका केही होटलमा वेश्यावृत्ति गराउने कार्य भइरहेको र ती होटलबाट ४७ जना महिला पुरुष पक्राउ गरि मुद्धाहरु चलाइएको पनि पर्सा प्रहरीले जनाएको छ । यस्तै पर्सा प्रहरीले फैसला कार्यान्वयन गराउन विभिन्न समयमा अदालतबाट फैसला भएर फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरि अदालत बुझाउने कार्यलाई पनि तीब्रता दिएको छ । यो पाँच महिनाको समयमा पर्सा प्रहरीले ७ सय ६३ जना विभिन्न जघन्य तथा पुरानो मुद्दाका कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाएको हो । यही समयमा प्रहरीले पर्साबाट २ नाल सानो हतियार सहित ३ जनालाई पक्राउ गरेको छ ।
हुन्डी कारोबारमा संलग्नबाट ५७ लाख बरामद
प्रहरी प्रमुखको कार्यभार सम्हालेको ५ महिनामै ढुंगेल नेतृत्वको पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न १० जना कारोबारीबाट झण्डै ५८ लाख रुपैयाँ जफत गरेको छ । जसमा ७ जना पुरुष र १ जना महिला छन् भने २ जना विदेशी नागरिक समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।
खुला सीमाका कारण भन्सार छली हुने तस्करीका साथै हुण्डी कारोबार तथा अन्य आपराधिक गतिविधिका जोखिम बढी हुने भएकाले विशेष सतर्कता अपनाएर प्रहरी परिचालन गरिएको उनले बताए । यस्तै पर्सा प्रहरीले यो पाँच महिनामा लागूऔषध कारोबारमा संलग्न १२७ जना नेपाली र १९ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
सबैभन्दा बढी ८७ केजी गाँजा बरामद भएकोमा चरेस २९ केजी, हेरोइन झण्डै ४ सय ग्राम, अफिम १५४ ग्राम बरामद भएको पर्सा प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै फेनारगन २ हजार ९१४ पिस, डाइजापामा २ हजार ९११ पिस, नुर्फिन २ हजार ८७७ पिस, नाइट्रोभेट ट्याब्लेट ४ हजार ४११ पिस र कोरेक्स ३५९ बोत्तल बरामद गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ ।
आफूहरू समाजमा शान्ति सुरक्षा स्थापना गर्दै चोरी तस्करी नियन्त्रण गर्न अहोरात्र खटिरहेको भन्दै प्रहरी प्रमुख ढुंगेलले यसमा सबै नागरिकको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकाठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार