गण्डकीमा १२ दिन मात्रै बस्न थाले विदेशी पर्यटक
नेपालबहस संवाददाता
साउन १२, २०८१ शनिबार १६:१९:५४
१२ साउन, कास्की । गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ छोटिएको छ । राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको अध्ययनले गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकको बसाइ अवधि घटेको देखाएको हो ।
नेपाल आउने विदेशी पर्यटकको औसत बसाइ २२ दिन रहे पनि गण्डकी प्रदेश घुम्ने पर्यटकको बसाइँ घटेर १२ दिनमा झरेको अध्ययनले देखाएको छ । त्यस्तै दक्षिण अमेरिकी महादेशबाट गण्डकीमा आउने पर्यटकहरु सबैभन्दा बढी १९ दिन बस्ने र सबैभन्दा कम एशियाबाट आउने ९ दिन बस्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
पर्यटकको बसाइ घट्नुमा पदमार्गहरूमा सडक विस्तार, सुरक्षाको अनुभुति नहुनु, प्रभावकारी सूचना प्रणाली अभावलगायत समस्या औँल्याइएको छ । प्रतिवेदनमा प्रदेश भ्रमण गर्ने पर्यटकको औसत दैनिक खर्च ८ हजार ३ सय ५५ रुपैयाँ रहेको उल्लेख छ ।
प्रतिवेदनले गण्डकीमा आउने ६२.७५ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला तथा ०.२५ प्रतिशत अन्य विदेशी पर्यटक रहेका छन् । विश्वका ४१ देशबाट गण्डकीमा पर्यटक आउने देखिएको छ भने सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका रहेका छन् ।
प्रतिवेदनमा पर्यटकहरुले भाषागत समस्या, पर्यटन सूचनाको कमि, यातायातको समस्या, सुरक्षा समस्या जस्ता समस्या भोग्ने गरेको उल्लेख छ । त्यस्तै केहि पर्यटकले फोहोर, बढी भिसा लागत, इन्टरनेटको समस्या, पूर्वाधारको कमी जस्ता समस्या औल्याएको बताइएको छ ।
प्रतिवेदनले पर्यटकीय गतिविधि थप गर्नुका साथै पूर्वाधार विकास गरी बसाइ अवधि लम्ब्याउन सकिने सुझावसमेत दिएको छ । त्यस्तै सडकको अवस्था, स्थिर र सहज ट्याक्सी महसुल, फोहोर व्यवस्थापन, सहज र प्रभावकारी पर्यटन सूचना, भाषागत समस्या गुणस्तरीय होटल, सार्बजनिक शौचालय जस्ता समस्या तत्काल समाधान गर्न सुझाव दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरहरा सञ्चालनको एक महिनामा प्रवेश शुल्कबापत् ५५ लाख सङ्कलन
पुष ९, २०८१ मंगलबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार