लाओसमा ब्लिन्केन र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, छलफल ‘फलदायी’ भएको अमेरिकाको भनाइ
नेपालबहस संवाददाता
साउन १२, २०८१ शनिबार २१:५६:४९
१२ साउन, लाओस । चीनका विदेशमन्त्री र विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच शनिबार लाओसमा भएको भेटवार्ता ‘खुला र फलदायी’ भएको अमेरिकी स्रोतले जनाएको छ । दक्षिण चीन सागरलगायत बेइजिङको बढ्दो आक्रामकता र मस्कोसँगको गहिरो सम्बन्धलाई मध्यनजर गर्दै क्षेत्रीय सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले गरिएको बहुदेशीय एसिया भ्रमणको एक हिस्साका रूपमा ब्लिन्केन लाओस आएका हुन् ।
दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकका क्रममा चिनियाँ र अमेरिकी कुटनीतिबीच एक घण्टा २० मिनेट लामो वार्ता भएको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए । चीनको विदेश मन्त्रालयले भने बैठकबारे कुनै विज्ञप्ति जारी गरेको छैन । बैठक हुनुभन्दा केही समयअघि ब्लिन्केनले चीन र फिलिपिन्सबीच क्षेत्रीय विवाद रहेको दक्षिण चीन सागरमा बेइजिङको ‘बढ्दो गतिविधि’को आलोचना गरेको थिए ।
वार्षिक खर्बौँ डलरको व्यापार हुने जलमार्गको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय अदालतको फैसलाका बावजुद बेइजिङले यो जलमार्गलाई लगभग पूरै दाबी गर्दै आएको छ । चीन र रूसका विदेशमन्त्रीले १० राष्ट्रको आसियान समूह र एकअर्कासँग भेटवार्ता गरेको दुई दिनपछि ब्लिन्केन लाओस आइपुगेका हुन् । मस्कोको विदेश मन्त्रालयका अनुसार वाङले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँग भियन्टाएनमा भेटवार्ता गरेका थिए ।
दक्षिणपूर्वी एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिको कुनै पनि प्रयासको संयुक्त रूपमा प्रतिवाद गर्न पनि चीन र रूस सहमत भएका छन् । रूससँग चीनको बलियो राजनीतिक र आर्थिक साझेदारी छ, केही नेटो सदस्य राष्ट्रहरूले बेइजिङलाई युक्रेनको युद्धमा मस्कोको संलग्नताको ‘प्रमुख सहजकर्ता’ को रूपमा आरोपित गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार