महिलालाई जीविकोपार्जनमा सघाउन बङ्गुरका पाठापाठी वितरण
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार १०:४७:५०
१३ साउन, कैलाली । जिल्लाका कृषि सहकारी समूहमा आबद्ध पाँच सय ४८ विपन्न महिलालाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ ।
कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बङ्गुरका पाठापाठी वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । जिल्लामा सञ्चालित २३ वटा कृषि सहकारी संस्थामा आबद्ध पाँच सय ४८ विपन्न महिलालाई एक–एकवटाका दरले पाठापाठी वितरण गरिएको हो ।
विपन्न लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित, एकल महिला, मुक्तकम्लरी, कमैया, हलियाको जीविकोपार्जनमा सुधार गर्न आर्थिक वर्ष २०८०/८१ मा पाँच सय ४८ वटा उन्नत जातका बङ्गुरका पाठापाठी वितरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले बताए । कृषि सहकारीमा आबद्ध विपन्न महिलालाई छनोट गरी शतप्रतिशत अनुदानमा पाठा वितरण गरिएको उहाँले जानकारी दिए ।
बङ्गुरका पाठापाठी वितरणले विपन्न वर्गको जीविकोपार्जनमा सुधार आउनुका साथै व्यावसायिक उत्पादनमा सहयोग पुग्ने सूचना अधिकारी कठायतले बताए । विपन्न महिलालाई व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित गर्न पाठापाठीसँगै तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/८१ मा रु ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दरअनुसार प्रतिबङ्गुरको पाठी रु पाँच हजार पाँच सय १२ र पाठो रु छ हजार ६३ का दरले खरिद गरी वितरण गरिएको बताएको छ । आव २०७७–७८ मा एक सय ७०, २०७८/७९ मा छ सय ५८ र २०७९/८० मा सात सय ९८ वटा बङ्गुरका व्यावसायिक फर्म कैलालीमा दर्ता भएका केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार