स्याङ्जाका ११ पालिकाको बेरुजू झण्डै १ अब, कुनमा कति ?
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार १०:५२:१८
प्रकाश डोटेल
१३ साउन, स्याङ्जा । स्याङ्जाका स्थानीय पालिकाको झण्डै एक अर्ब रुपैयाँ बेरुजू देखिएको छ । जिल्लाका ५ नगरपालिकाको ६६ करोड ५ लाख १६ हजार र ६ गाउँपालिकाको २९ करोड ४० लाख ४७ हजार गरी जिल्लाका ११ पालिकाको ९५ करोड ४५ लाख ६३ हजार रुपैयाँ बेरुजू देखिएको हो ।
महालेखापरीक्षणको कार्यालयले आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्म गरेको सम्परीक्षणबाट उक्त रकम बेरुजू देखिएको छ । महालेखाले हालै प्रकाशित गरेको प्रतिवेदनमा कारबाही रुवरुप असुल गर्नुपर्ने, अपुग कागजात पेश गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की रकमलाई बेरुजूको रुपमा लिएर स्थानीय पालिकागत बेरुजू रकम उल्लेख गरेको छ ।
जिल्लाका ५ नगरपालिका मध्ये सबै भन्दा बढि बेरुजू पुतलीबजारमा २४ करोड ७२ लाख १२ हजार छ भने सबै भन्दा कम भीरकोटमा ५ करोड २७ लाख ४३ हजार रहेको छ । ६ गाउँपालिका मध्ये सबै भन्दा बढि हरिनाशमा ९ करोड २४ लाख १५ हजार छ भने दुबै भन्दा कम बिरुवामा एक करोड ९५ लाख ६३ हजार रुपैयाँ बेरुजू रहेको छ ।
नगरपालिका तर्फ पतलीबजारपछि बढि बेरुजू हुने नगरमा गल्याङ्को १४ करोड ५५ लाख ७६ हजार रहेको छ । चापाकोटको १४ करोड २८ लाख ९१ हजार रुपैयाँ बेरुजू हुँदा वालिङको ७ करोड २० लाख ९४ हजार रुपैयाँ बेरुजू देखिएको छ ।
गाउँपालिका तर्फ भने सबै भन्दा कम बिरुवासँगै कालिगण्डकीको २ करोड ७७ लाख ३६ हजार छ भने फेदिखोलाको ४ करोड ९५ लाख बेरुजू रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आँधीखोलाको ५ करोड १६ लाख १३ हजार बेरुजू हुँदा अर्जुनचौपारीको बेरुजू ५ करोड ३१ लाख २० हजार रुपैयाँ रहेको छ ।
आधारभूत तथ्याङ्क संकलन नगर्ने, वार्षिक प्रतिवेदन समेत तयार नगर्ने, योजनागत खाता नराख्ने, राजश्व परामर्श समिति नबन्नु, श्रोतको अनुमान र बजेट सिमा नहुनुले बेरुजू बढ्नका साथै बैठक भत्ता, भ्रमण भत्ता, तालिम, गोष्ठी गरेर बजेटलाई वितरण गर्नु स्थानीय पालिकाको चुनौती रहेको महालेखाले हालै प्रकाशन गरेको प्रतिवेदनले जनाएको छ ।
जनप्रतिनिधिले कार्यकर्ता पोस्न वा वितरणमुखी बजेट विनियोजन गर्दा बेरुजू बढ्दै गएको महालेखाले औल्याएको छ । बजेटको पूर्व तयार, लेखाको मान अनुसार भुक्तानी नहुँदा स्थानीय सरकार संचाल ऐन, २०७४ को दफा ७४ (२) अनुसार सार्वजनिक खरिद नियमावली समेत बनाउन नसक्दा बेरुजू बढ्ने क्रममा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार