कामको लय सिकाउन मन्त्रीदेखि विभागीय प्रमुखसम्मलाई प्रधानमन्त्री ओलीले बोलाए सिंहदरवार
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार १२:२९:१८
१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लयमा काम गर्न सबै निकायलाई निर्देशन दिन छलफल बोलाएका छन् । सिंहदरबारमा अहिले छलफल चलिरहेको उनको सचिवालयले जानकारी दिएको छ । छलफलमा मन्त्री, मुख्यसचिव, सचिवहरु, विभागीय प्रमुख र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सहदस्यहरु उपस्थित छन् ।
प्रधानमन्त्री ओलीले सरकार कुन रुपमा अगाडी जान खोजिरहेको छ र मन्त्री तथा सचिवहरुले कुन रुपमा काम अगाडी बढाउनु पर्नेछ भन्ने विषयमा ब्रिफिङ दिइरहेको बताइएको छ । प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार