निलम्बित मुख्यसचिव अर्याललाई थुनामा पठाउने कि धरौटीमा छाड्ने, निर्णय गर्दै विशेष अदालत
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार १३:१२:३८
१३ साउन, काठमाडौं । विशेष अदालतले अन्तःशुल्क स्टिकर प्रकरणमा मुछिएका निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई थुनामा पठाउने कि धरौटीमा छाड्न भन्ने निर्णय गर्न लागेको छ । ३५ दिन कटाएर अर्याल अदालत हाजिर भएपछि विशेषले यस्तो निर्णय गर्न लागेको हो । विशेष अदालत स्रोतका अनुसार आफू विरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको ३५ दिन कटेको छ । उनी विशेष अदालतमा उपस्थित भएपछि बयान लिइनेछ । आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् ।
बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ । उनीमाथि निजी क्षेत्रको अन्तःशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार