कांग्रेस-एमाले मिल्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा मैले यत्तिकै उठाएको होइनः कोइराला
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार १७:२३:५७
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको समझदारी समान्य कामका लागि नभएको बताएका छन् । उनले कांग्रेस एमालेको मिलन सत्ताका लागि मात्र हो भनेर सोच्नु गलत हुने बताएका छन् । कोइरालाले दुई दल मिल्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा आफूले नै उठाएको दावी पनि गरेका छन् ।
भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले निरंकुशता बिरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरुले ठूलो योदान पुर्याएको बताए । उनले प्रवासी नेपालीहरुले पनि नेपालमा रोजगारी सिर्जना हुने खालका काममा लगानी ल्याउन पहल गर्नुपर्ने बताए ।
भारतमा रहेका कांग्रेस पार्टीका मात्रै नभई सम्पुर्ण नेपालीहरुले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उनले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने बातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताए । उनले नेपाल बनाउन केही त्याग गर्न आवश्यक भएको उनको भनाइ छ ।
अस्थिर सरकारका कारण देशमा संकट आएको उनको भनाइ छ । कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा शुरुदेखी आफुले उठाएको बताए । हरेक ६÷६ महिनामा भैरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनले बताए । कांग्रेस र एमालेले आफूबीच भएको समझदारी चाँडै कार्यान्वयनमा आउनुपर्ने बताए ।
उनले भने, ‘केवल सत्ता टिकाउन सधै साना–साना २÷४ सीट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगती गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने बिषयलाई उठाएको हुँ । यसमा देशको स्वार्थ जोडिएको छ । देश बनाउने केही काम हुनुपर्छ । यो सरकारलाई कत्ति पनि गल्ती गर्ने छुट छैन् । सुशासनको नारालाई जनताको घर पुर्याएनपर्छ । भ्रष्टाचारको अन्त्य गर्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार