जहाज दुर्घटनामा मृत्यु भएका १७ जनाको शव बुझाइयो, यात्रु बीमा उपलब्ध गराउन कम्पनी तयार
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार १८:११:१९
१३ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये १७ जनाको शव परिवार तथा आफन्तले बुझेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा जहाज दुर्घटनाबारे जानकारी गराउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विदेशी नागरिकको शव व्यवस्थापनका लागि नेपालमा दूतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको जानकारी दिएका छन् ।
यस्तै दुर्घटनाको मृतको यात्रु बीमा बापतको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन कम्पनी तयार भएको उनले बताए । सौर्य एयरलाइन्सको बीमा प्रभु इन्स्योरेन्समा भएको र उक्त इन्स्योरेन्सले बेलायतस्थित लोयर्ट रिइन्स्योरेन्समा रिइन्स्योरेन्स गरेको उनले जनाए ।
उक्त कम्पनीसँगको छलफलपछि प्रभु इन्स्योरेन्सलाई छिटोभन्दा छिटो दुर्घटना बापतको यात्रु बीमा दाबी भुक्तानी गर्न निर्देशन समेत गरिसकिएको उनले जानकारी दिए । तर, आन्तरिक उडानमा यात्रुको दुर्घटना बीमा कम भएकाले सरकारले बीमा रकम बढाउने गरी बीमा विधेयक समेत अघि बढाइसकेको उनले जानकारी दिए ।
नेपालले २०१८ मा यात्रु बीमा सम्बन्धी मोन्ट्रल कन्फेन्सन १९९९ व्यवस्था गरेको छ । यो व्यवस्था अन्तर्राष्ट्रिय उडानका लागि मात्र लागू हुन्छ । हाल आन्तरिक उडानमा प्रतियात्रु २० हजार डलर बीमा रहेको र सो यात्रु उडानमा मात्र रहेको छ । आन्तरिक नियमित उडानका क्रममा रहने यात्रुहरूको बीमा रकम थोरै भएकाले यसलाई बढाउने गरी उड्डयन बीमा विधेयक तर्जुमा गर्ने सन्दर्भमा सरकारले आवश्यक प्रक्रिया समेत अघि बढिसकेको छ’ मन्त्री पाण्डेले जानकारी दिए ।
साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै सौर्यको जहाज दुर्घटना भएको थियो। १७ जना नेपाली र एक विदेशीको दुर्घटनामा मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार