उपत्यकामा पोलियोविरुद्धको खोप अभियान थप तीन दिन सञ्चालन हुने
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार ६:४७:२६
१३ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान स्थानीय तहको माग भएपछि थप तीन दिनसम्म जारी राख्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । बालबालिकालाई मुखबाट खुवाइने ‘ओपिभी’ खोप खुवाउन थालिएको हो ।
टुकुचा खोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो । उनले अहिलेसम्म लक्ष्यभन्दा पनि बढी बालबालिकालाई खोप लगाइएको बताए । करिब दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाउने लक्ष्य लिए पनि दुई लाख ८४ हजार छ सय ३४ बालबालिकालाई खोप खुवाइएको शाखा प्रमुख डा गौतमले जानकारी दिए ।
पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाइँदै छ । स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले घर–घर पुगेर पोलियो रोगविरुद्धको खोप खुवाउन थालेका हुन् । पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो रोग लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मुत्युसम्म हुने गर्दछ । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने सरकारको लक्ष्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार