टीआरसी विधेयकमा आज सहमति भएन, विवादित विषय बिहीबार टुंग्याइने
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार ११:२:४
१४ साउन, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमतिनजिक पुगिएको कार्यदलले दावी गरेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति नजिक पुगिएको जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको बताए । उनले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरूसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताए ।
बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने भन्दै उनले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिंगो देश र शान्तिको प्रक्रियालाई निस्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ विषय टुंगोमा पुर्याउनुपर्ने बताए । अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बर्तौलाले बताए ।
कानूनलाई अब चाँडोभन्दा चाँडो टुंग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको उनले जानकारी दिए । पहिलाको मूल ऐन, संशोधन विधेयक, संसदीय समितिको उपसमितिहरूमा वा समितिमा भएका छलफल र कार्यदलमा भएका छलफल भएका विषयहरू र सहमतिको वरपर पुगेका विषयहरूलाई पनि कम्पाइल गरेर एकीकृत ढङ्गले ल्याउने कुरा भएको छ । बिहीबार ८ बजे बैठक बसेर त्यो फाइनल डकुमेन्ट हेरेपछि त्यसको आधारमा फिनिसिङ गर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार