कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभाको बैठक स्थगित
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार १९:२२:२४
१४ साउन, सुदूरपश्चिम । प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ । बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावलीअनुसार आजको बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसलगायत दलको मागबमोजिम प्रदेश प्रमुखले आह्वान गरेको अधिवेशन यही साउन ८ देखि जारी छ । विपक्षीको मागमा आह्वान गरिएको यो अधिवेशनको बैठकमा सरकारका मुख्यमन्त्री र मन्त्री सुरुको दिनदेखि नै अनुपस्थित रहने रणनीतिमा थिए । तर मुख्यमन्त्रीको निर्देशनविपरीत दुई दिनका बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापा उपस्थित भएका थिए । सरकारको नीतिविपरीत बैठकमा सहभागी भएकी मन्त्री थापालाई आइतबार मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।
गएको असार २० मा नेकपा (एमाले) समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा छन् । एमाले समर्थन फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउन सरकारले प्रयास गरिरहँदा कांग्रेस, एमालेलगायत दलले विशेष अधिवेशन माग गरेका थिए ।
यसबीच विशेष अधिवेशनअन्तर्गत आज तेस्रो दिनको बैठकमा सरकारको उपस्थिति नभएपछि विपक्षी दल कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले प्रदेशसभा सचिवालयको मूल प्रवेशद्वारमा दिउँसै ‘टर्च लाइट’ बालेर सरकारको खोजी गरेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले संविधानमा भएको व्यवस्थाबमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाई २५ मिलियन डलर क्षतिपूर्ति दिने
माघ १७, २०८१ बिहिबार
संसद बैठकको सुरुमै उभिए विपक्षी दल
माघ १८, २०८१ शुक्रबार
जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै
माघ १८, २०८१ शुक्रबार
ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प
माघ १८, २०८१ शुक्रबार
नारायणी अस्पताल भवन निर्माण संघर्ष समितिको प्रदर्शन, त्रिभुवन राजपथ केही बेर अवरुद्ध
माघ १८, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने
माघ १८, २०८१ शुक्रबार