स्याङ्जामा ४६० उद्योग खारेज हुँदा ४३५ दर्ता
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार २०:२२:५२
प्रकाश डोटेल
१४ साउन, स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०८०/०८१ मा ४ सय ६० घरेलु उद्योग खारेज हुँदा ४ सय ३५ उद्योग दर्ता भएका छन् । २२६ उद्योग र २३४ वाणिज्य गरी ४६० उद्योग खारेज भएका हुन् भने २५० उद्योग र १८४ वाणिज्य गरी ४ सय ३५ उद्योग दर्ता भएका हुन् ।
नयाँ दर्ता हुनेमा उत्पादनमुलक उद्योगमा २०, कृषि तथा वन पैदावरमा एक सय २४, सेवा मूलक उद्योगमा ६६, पर्यटनमा २७ र निर्माणमा १३ गरी ४३५ उद्योग रहेका छन् । खारेज हुने उद्योगमा बढि मात्रामा कृषिजन्य उत्पादनमुलक उद्योगहरू रहेको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले जनाएको छ ।
“गएको वर्ष नयाँ दर्ता हुने उद्योगको तुलनामा खारेज हुने संख्यामा बृद्धि भएको छ ।” पर्यटन तथा घरेलु उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद ढकालले भने, “देशमा बढ्दै गएको आर्थिक शिथिलतासँगै खारेज हुने उद्योगको संख्यामा बृद्धि भएको छ ।”अनुदान लिन र विदेश जाने प्रयोजनका लागि दर्ता भएका उद्योगहरू धमाधम खारेज भएको उनले बताए ।
उद्योग तर्फ २ सय ५० नयाँ उद्योग दर्ता हुँदा झण्डै १२ सयले रोजगारी पाउने अवस्था सृजना हुन्छ भने वाणिज्य तर्फ एक सय ८५ उद्योग दर्ता हुँदा ३ सय ५० जनाले रोजगारी पाउने कार्यालयको अनुमान छ ।
त्यसैगरी खारेज भएका २२६ उद्योगबाट करिब एक हजारले रोजगारी गुमाउँदा वाणिज्य तर्फ खारेज भएका २३४ उद्योगबाट झण्डै ४ सय ५० जनाले रोजगारी गुमाउन बाध्य भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा वाणिज्य तर्फ ७ हजार ५ सय र उद्योग तर्फ ८ हजार ६ सय उद्योगमा झण्डै ४८ हजार महिला तथा पुरुषले रोजगार गर्दै आएका छन् ।
नयाँ उद्योग दर्ताको तुलनामा खारेज हुनेको संख्यामा बृद्धि हुँदै जाँदा त्यसको प्रत्यक्ष असर राजश्व असुलीमा देखिएको छ । आर्थिक वर्ष २०८०-०८१ मा ३५ लाख ५० हजार राजश्व असुली गरेको कार्यालयले अघिल्लो वर्ष ५३ लाख र आर्थिक वर्ष २०७८-०७९ मा ७३ लाख राजश्व असुली गरेको थियो ।
“खास गरी स्थानीय तहले उपलब्ध गराउने अनुदान पाउन अनिवार्य दर्ता भएका उद्योगहरूले खारेजीको निवेदन दिने गरेका छन् ।” कार्यालयका योजना शाखा प्रमुख कृष्ण लम्सालले भने, “अनुदान लिन दर्ता भएका उद्योगले अनुदान लिएपछि खारेजीको निवेदन दिए ।” उनले थपे, “खारेज भएका केही उद्योग मध्ये विदेश जानका लागि देखावटी दर्ता भएका उद्योग रहेका छन् ।”
अघिल्लो वर्ष उद्योग तर्फ ५२६ र वाणिज्य तर्फ २८० गरी ८०६ उद्योग दर्ता भएकोमा २ सय ६५ उद्योग खारेजीमा परेका थिए । राजश्वमा ५० प्रतिशत छुट हुने भएपछि नयाँ दर्ता भएका अधिकांश उद्योग महिलाको नाउँमा दर्ता भएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार