प्रदेश विश्वविद्यालय निर्माणका लागि स्रोतको सुनिश्चतता हुन्छ : मन्त्री खड्गी
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार २२:४४:१४
१४ साउन, काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश विश्वविद्यालय निर्माण तथा सञ्चालनका लागि जग्गा अवलोकन गरेकी छन् । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडामा रहेको प्राथमिक विद्यालयको खाली ५ रोपनी जग्गाको मन्त्री खड्गीले अवलोकन गरेकी हुन् । हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयसंग प्राथमिक विद्यालय मर्ज भएसंगै उक्त जग्गा प्रयोगविहिन भएको थियो । विद्यालयको भवनमा विश्वविद्यालयको कार्यालय संगै अन्य कामहरु सञ्चालन गर्न सकिने अवस्था रहेको मन्त्री खड्गीले बताइन् ।
गुणस्तरीय शिक्षा साथै शिक्षा क्षेत्रमा रहेको असमानता अन्त्य गरि वैदेशिक शिक्षाका लागि विदेशीने परम्परा समाप्त पार्न पनि स्वदेशमै विश्व विद्यालयको स्थापना गर्दै गौरवको आयोजनाको रुपमा रहेको शिक्षण संस्था निर्माणका लागी आफू सकारात्मक रहेको बताइन् । विश्वविद्यालय निर्माण एवं सञ्चालनका लागी आवश्यक प्रकृया अगाडि बढाई सम्बन्धित निकाय, मन्त्रालय एवं प्रदेश सभामा समेत कुरा राखि स्रोत सुनिश्चितताको लागि पहल गर्ने सामाजिक विकास मन्त्री खड्गीले प्रतिवद्धता जनाइन् ।
जग्गा अवलोकनको क्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको अध्यक्ष सविन न्यौपानेले जग्गा प्राप्तिका लागि मन्त्रालयबाट सिफारिस भइसकेकोले सकेसम्म चाँडो कार्यपालिका बैठकबाट निर्णय गरिने बताए । १ नम्बर वडामा विश्वविद्यालय निर्माण हुँदा यहाँको स्थानीयहरुलाई समेत प्रत्यक्ष रुपमा लाभ पुग्ने अध्यक्ष न्यौपानेले बताए । विश्वविद्यालयको जग्गा अनुगमनका लागि सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरे, उच्च शिक्षा महाशाखा प्रमुख गोपाल प्रसाद कँडेललगायतके उपस्थिति रहेको थियो ।
बोर्ड अफ ट्रष्टिले समेत उक्त क्षेत्रको निरीक्षण गरी विश्वविद्यालय सञ्चालन र निर्माणको लागि उक्त क्षेत्र उचित रहेको निष्कर्ष निकालेको थियो । सामाजिक विकास मन्त्री भएपश्चात खड्गीको यो पहिलो अनुगमन हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर आफ्नो क्षमता देखाइसकेकी खड्गी बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेसंगै शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नको लागि सक्रिय रुपमा अघि बढेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार