भेनेजुएलामा मादुरो तेस्रो पटक विजयी, धाँधली गरेको आरोप
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार ११:३:४४
१५ साउन, काठमाडौं । भेनेजुएलामा भएको राष्ट्रपतीय निर्वाचनमा निकोलस मादुरो फेरि सत्तामा फर्किएका छन् र उनी लगातार तेस्रो पटक भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर, विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजामाथि प्रश्न उठाएका छन् ।
भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार मतदान भएको थियो । यस निर्वाचनमा करिब दुई करोड मतदाताले मतदान गरेका थिए ।
भेनेजुएलाको निर्वाचन आयोग, नेशनल इलेक्टोरल काउन्सिलका प्रमुख एल्विस अमोरोसोले निकोलस मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेको घोषणा गरेका थिए । जबकि विपक्षी नेता एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएका छन् ।
आफ्नो जितका लागि ढुक्क रहेका विपक्षी नेताहरुले जितको दाबी गर्दै सामाजिक सञ्जालमा जितको खुसी मनाउन थालेका थिए । एक्जिट पोलको नतिजाले पनि गोन्जालेजलाई ठूलो मतान्तरले जितेको देखाएको थियो तर, नतिजा आएसँगै विपक्षीहरु अचम्ममा परेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
वर्तमान राष्ट्रपति निकोलस मादुरोले यस चुनावमा संयुक्त विपक्षीबाट कडा चुनौती सामना गर्नुपरेको थियो । विपक्षी दलले चुनावी प्रचारका क्रममा विगत एक दशकदेखि चलिरहेको आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । भेनेजुएलामा आर्थिक संकटका कारण करिब ७० लाख मानिस देश छोडेर अन्य देशमा बसोबास गरेका छन् । ७४ वर्षीय एडमन्डो गोन्जालेज युरेसियाको नेतृत्वमा रहेको विपक्षीले मदुरोविरुद्ध चुनाव लडेका थिए । तर, उनले विगत ११ वर्षदेखि सत्तामा रहेका निकोलस मदुरोलाई सत्ताबाट हटाउन भने सकेनन् ।
भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मादुरोले भने, ुपरिणामपछि विपक्षीहरूले फेरि चुनावी धाँधलीको नारा लगाउन थालेका छन् । हामीले यो फिल्म धेरै पटक हेरेका छौं ।ु
मादुरोले अगाडी भने, ‘म २० वर्षअघि राजनीतिमा आएको थिएँ, त्यतिबेला तपाईंहरूमध्ये धेरैको जन्म पनि भएको थिएन र त्यसबेलादेखि उनीहरूले मलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । तिनीहरू (विपक्षीहरू) सबै खराब अनुहार भएका मानिसहरू हुन् र यहाँ भएका तपाईंहरू (समर्थकहरू) बुद्धिमान र अद्भुत मानिसहरू हुनुहुन्छ ।
अमेरिकी सरकारले भेनेजुएलाको चुनावी नतिजाप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको चुनावी नतिजालाई लिएर अमेरिका चिन्तित रहेको बताएका छन् । ब्लिन्केनले भने, 'परिणाममा निकोलस मादुरोलाई विजयी घोषणा गरिएको छ, तर यी निर्वाचन परिणामहरू सही नभएकोमा हामी चिन्तित छौं। घोषित निर्वाचन परिणामले भेनेजुएलाका जनताको इच्छालाई प्रतिबिम्बित गर्दैन ।'
भेनेजुएलामा विपक्षीले चुनावी नतिजामा धाँधली भएको गम्भीर आरोप लगाएका छन् । एक्जिट पोलको नतिजामा विपक्षी दलले बहुमत ल्याउने दाबी गरेपछि विपक्षी नेता र उनका समर्थकले जितको खुसी मनाउन थाले पनि अहिले चुनावी नतिजा आएपछि उनीहरुलाई ठूलो झट्का लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
मंसिर ३०, २०८१ आइतबार
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
मंसिर ३०, २०८१ आइतबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार