‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन ४० दिनमा प्याकअप
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार ११:८:३
१५ साउन, काठमाडौं । गत वर्षको सुपरहिट फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपूतले आफ्नो दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सकाएका छन् ।
ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु गरेर अर्को वर्षभित्र रिलिज गरिने निर्माता विनोद पौडेलले बताए ।
यो फिल्ममा प्रकाशसँगै माओत्से गुरुङ, देशभक्त खनाल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, विजय बराल, भोलाराज सापकोटा, विनोद न्यौपाने, जान्भि पौडेल, स्वयम् केसी आदिको अभिनय रहेको छ ।
फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्ममा महेश दवाडीको पटकथा र संवाद लेखन छ ।
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आइरहेको कम्पनी सेभेन सिज इन्टरटन्मेन्टको निर्माण रहेको फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । यसले गन्धर्व परिवारको कथा उठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार