डीएसपी लम्साल र असई दनुवारको निलम्बन फूकुवा
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार ११:४९:२१
१५ साउन, काठमाडौं । ललितपुरको बालकुमारीस्थित इपीएस कार्यालय अघि भएको प्रदर्शनमा बल प्रयोग गरेको भन्दै निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको निलम्बन फुकुवा भएको छ ।
तत्कालीन सिडियो रुद्र पण्डित र एसएसपी सिद्धिविक्रम शाही जोगाएर लम्साललाई मात्र गरिएको कारवाहीमा निलम्बन फुकुवा गरिएको हो । घटनास्थलमा सुरक्षा कमाण्ड गरेका डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई २०८० पुस १४ मा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । उनीहरू दुवैको निलम्बन फुकुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोरिया जानका लागि इपीएस भाषा परीक्षामा सहभागी हुन फारम भर्ने विषयमा प्रदर्शनको हुँदा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका हुन् ।
घटनाबारे जाँचबुझ गर्न मन्त्रिपरिषदले पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोग गठन गरेको थियो। तत्कालीन एसएसपी शाह र पण्डित भने यथावत काममा फिर्ता भएका थिए । तर डीएसपी र उनको कमाण्डमा रहेको टोलीलाई भने कारवाही गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार