मूख्यसचिवका प्रतिस्पर्धीलाई चलाइएन, बाँकी सचिवको सरुवा
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार ११:५२:१४
१५ साउन, काठमाडौं । सरकारले सचिवहरूको व्यापक सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केही विवादित सचिवहरू समेतलाई जिम्मेवारी दिएर सरुवा गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले गुल्मीका रामप्रसाद घिमिरेलाई अर्थ सचिवमा ल्याएका छन् । अर्का राजश्व सचिवमा उद्योगबाट दिनेशकुमार घिमिरे ल्याएका छन् । अर्थमन्त्री वर्षमान पुन हुँदाका अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरेर राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाइएको हो । मरासिनी भ्रष्टाचार अभियोगमा केही महिना अघि मात्रै विशेष अदालतबाट सफाई पाएर अर्थमन्त्रालयमा फिर्ता भएका थिए ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई अर्थमा ल्याएर मन्त्री पौडेलले आफूलाई सहज बनाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द निरौलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिलामा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदीलाई ल्याइएको छ।
श्रम सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि सचिव बनाइएको छ भने सञ्चारबाट सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएको छ ।
अख्तियारका सचिव रामेश्वर दंगाललाई रक्षा मन्त्रालय ल्याएर रक्षाका सचिव किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोग पठाइएको छ । उनी अमेरिकी पीआरधारी सचिव भएकाले विवादमा आएका थिए । वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी वाणिज्य तथा आपूर्ति सचिवमा सरुवा भएका छन् । राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा लोकसेवा आयोग पुगेका छन् ।
लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद दुवाडीको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ । यसपल्ट दुवाडीलाई मन्त्रालय दिने तयारी भएपनि कांग्रेसले उनको साथ लिन नचाहेको एक मन्त्रीले जनाए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालयमा तथा भूमिमा राष्ट्रिय तथ्याङ्क कार्यालयका अर्जुनप्रसाद पोखरेलको सरुवा भएको छ । नेपाल ट्रष्टमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साह पुगेका छन् । उनी नापतौल तथा गुणस्तर विभागमा हुँदा विवादित बनेका थिए । सतर्कता केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सरजु वैधको सरुवा भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा जल तथा ऊर्जा आयोगबाट केशवकुमार शर्मालाई ल्याइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही आयुक्तसँग राम्रो सम्बन्ध भएका शर्मा भौतिकमा हुँदा विवादित थिए । अहिले बिचौलियाहरुले उनलाई त्यही सरुवा गरिदिएका छन् । ऊर्जा आयोगमा खानेपानी सचिव सुरेश आचार्यको सरुवा भएको छ ।
ऊर्जा मन्त्रालयमा भौतिकका गोपालप्रसाद सिग्देल पुगेका छन् भने खानेपानी सचिवमा नेपाल ट्रष्टबाट प्रमिलादेवी बज्राचार्यको सरुवा भएको छ । यो पल्ट दिनेश भट्टराई र एक नारायण अर्यालको सरुवा भएको छैन । उनीहरू दुवै जना मुख्यसचिवको प्रतिस्पर्धामा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तारूढ दलका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल, सरकारका काम कारबाहीबारे समीक्षा
भदौ २३, २०८१ आइतबार
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मधेश प्रदेशमा सम्मानित
भदौ २३, २०८१ आइतबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
अर्थ मन्त्रालयमा पठाइयो सशस्त्र प्रहरीसम्बन्धी विधेयक
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
भदौ २३, २०८१ आइतबार
एक करोडमाथिको चेक अनादर प्रमाणित भए ५ प्रतिशत जरिवानासहित दुई वर्षको कैद सजाय
भदौ २३, २०८१ आइतबार
मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबीबीएसको छात्रवृत्ति
भदौ २३, २०८१ आइतबार
हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल खेल हुने
भदौ २३, २०८१ आइतबार
श्री एयरले काठमाडौं–पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
भदौ २३, २०८१ आइतबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु
भदौ २३, २०८१ आइतबार
सत्तारूढ दलका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल, सरकारका काम कारबाहीबारे समीक्षा
भदौ २३, २०८१ आइतबार