करिब ७६९ किलोग्राम गाँजासहित कन्टेनर चालक पक्राउ
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १३:१३:२०
१५ साउन, नवलपरासी पूर्व । नवलपरासी पूर्वको देवचुली नगरपालिका-२ हमालचोकबाट अवैध लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्राम सहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका-२ बस्ने २३ वर्षीय मदन लामालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले एनएल ०१ ५५४४ नम्बरको कन्टेनर र सोही कन्टेनरलाई स्कट गर्दै आइरहेको बाग्मती प्रदेश ०१-०२६-च ५१५९ नम्बरको कारलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा सोमबार दिउँसो ट्रकको सामान राख्ने स्थान र क्याबिनको बीच भागमा फल्सबटन बनाई कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई काटी हेर्दा प्लाष्टिकले बेरी राखेको २४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी कन्टेनरका चालक लामालाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार