बेलायतको साउथपोर्टमा भएको छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १३:३३:३६
१५ साउन, काठमाडौं । उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौँ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । मर्सीसाइड प्रहरीले लिभरपुलको उत्तरमा रहेको साउथपोर्टमा छुरा प्रहारको खबर प्राप्त गरेको बताएको हो ।
मर्सीसाइड प्रहरीको चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये ६ जना बालबालिका र दुई जना वयस्कको अवस्था गम्भीर रहेको रहेको बताए । आक्रमणकारी छुरी लिएर परिसरभित्र पसेको र बच्चाहरूलाई आक्रमण गर्न थालेको प्रहरीले जनाएको छ ।
“आक्रमणमा घाइते भएका वयस्कहरूले बहादुरीपूर्वक बच्चाहरूलाई जोगाउन खोजिरहेका थिए भन्ने हाम्रो विश्वास छ ”, केनेडीले सोमबार साँझ पत्रकार सम्मेलनमा भने । आपतकालीन सेवाहरूलाई लगभग ११ः५० को स्थानीय समयमा सहरमा “ठूलो घटना“ भएको खबर आएको थियो । घटनास्थलबाट १७ वर्षीय बालकलाई पक्राउ गरिएको छ ।
“अनुसन्धान प्रारम्भिक चरणमा छ र घटनाको कारण अस्पष्ट छ”, केनेडीले भने । यो घटना आतङ्कवादसँग सम्बन्धित नभएको प्रहरीले यसअघि बताएको थियो । घटनाबारे प्रहरीलाई खबर गर्ने स्थानीय व्यवसाय मालिक कोलिन पेरीले उक्त आक्रमण “हरर फिल्मको दृश्य” जस्तै भएको बताए ।
साउथपोर्टबाट करिब २० माइल टाढा रहेको लिभरपुलको ’एल्डर हे चिल्ड्रेन’ अस्पताल ट्रस्टले यो घटनालाई “ठूलो घटना” घोषणा गरेको सिएनएनले जनाएको छ । “ट्रस्टले यस घटनाको जवाफ दिन अन्य आपतकालीन सेवाहरूसँग सहकार्य गरिरहेको छ र हाम्रा आपतकालीन विभाग हाल अत्यन्त व्यस्त छ”, अस्पतालको वेबसाइटमार्फत प्रकाशित विज्ञप्तिमा भनिएको छ । बेलायतका राजा चार्ल्स र उनकी पत्नी रानी क्यामिलाले घटनाबाट आफूहरू स्तब्ध भएको बताए ।
“साउथपोर्टमा भएको भयानक घटनाको खबर सुनेर मेरी श्रीमती र म स्तब्ध भएका छौँ”, राजा चार्ल्सले सोमबार शाही परिवारको आधिकारिक सामजिल सञ्जालमार्फत साझा गरेको विज्ञप्तिमा भनिएको छ । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले पनि घटनाप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण देश स्तब्ध भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार