केरलमा बाढीपहिरोबाट १ नेपाली बालकसहित ५० जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १३:३८:१
१५ साउन, काठमाडौं । भारतको केरल राज्यको वायनाडमा बाढीपहिरो जाँदा १ नेपाली बालकसहित कम्तीमा ५० जनाको मृत्यु भएको छ । मंगलबार बिहान वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको हो ।
टाइम्स अफ इन्डियाका अनुसार थोन्डरनाड क्षेत्रमा एक नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको हो । मंगलबार बिहान वायनाडको पहाडी क्षेत्र मुंडक्कई र चूरलमाला क्षेत्रमा पहिरो गएको हो ।
पहिरोका कारण गाउँसम्म जाने बाटो र पुल बगाएपछि सुरक्षाकर्मीहरूले अस्थायी पुल बनाएर उद्धारका लागि पुगेको केरलको स्थानीय समाचारसंस्था मनोरमाले जनाएको छ ।
मनोरमाका अनुसार ७० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ । त्यस्तै बाढी पहिरोका कारण ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा फसेका २५० भन्दा बढीलाई उद्धार गरिएको छ । केरलका मुख्यमन्त्री पिनराई विजयनले वायनाडमा उद्धारका लागि सबै लागिसकेको बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरेका छन् । त्यस्तै प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई प्रतिपरिवार २-२ लाख रुपैयाँ र घाइतेलाई ५० हजार उपलब्ध गराइने छ ।
वायनाडका सांसदसमेत रहेका भारतीय प्रतीपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले यूडीएएफका कार्यकर्तालाई उद्धार कार्यमा लाग्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
मंसिर ३०, २०८१ आइतबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार