बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै, कांग्रेस र एमालेकै मत पर्याप्त
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १४:२४:४०
१५ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज मंगलबार विश्वासको मत लिँदैछन् । साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामाले एक सातामै विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ । लामालाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्वीप नै जारी गरेको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका–१०, स्थित प्रदेशसभा सचिवालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेको पनि विश्वासको मतसम्बन्धी निर्णय गरेको छ । दुई दलको मत भए लामालाई विश्वासको मत पुग्छ । लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । कांग्रेस र एमालेका गरी ६४ सांसद पुग्छन् ।
लामा ९ साउनमा एमालेको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । १० साउनमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका उनले त्यसको दुई दिनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । मन्त्री बन्ने आकांक्षी धेरै भएकाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका बीच उनले दोस्रो पटकको प्रयासमा सरकार विस्तार गरेका थिए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार