प्रभावकारी बन्दै भूमिगत सिँचाइ प्रणाली
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १६:३:३२
१५ साउन, जनकपुरधाम । कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पु¥याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ ।
नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको तथा आकाशे पानीमाथि निर्भर रहेका किसानका लागि यो प्रविधि वरदान साबित भएको महोत्तरी गौशालाका स्थानीय किसान रामलाल महतोले बताए । उनले यसबाट खेतीका लागि मात्रै नभइ खानपिनका साथै दैनिक जीवनमा समेत प्रयोग भइरहेको उल्लेख गरे ।
मधेस प्रदेश सरकारको जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर, महोतरीद्वारा धनुषा तथा महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेल तथा पावरड्रिलबाट सिँचाइ सुविधा पुर्याइएको हो ।
एउटा डिपट्युवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ । महोत्तरी तथा धनुषामा हालसम्म ३५ वटा डिपट्युवेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको छ । एउटा डिपट्युवेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ ।
गत आर्थिक वर्षमा थप पाँचवटा डिपट्युवेलको निर्माण प्रक्रिया सुरु भएको छ । एउटा निर्माणमा रु ३० लाखसम्म खर्च भएको तथा चालु आर्थिक वर्षमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ । अहिले पाँचवटाको निर्माणमा रु एक करोड ५० लाख खर्च भइसकेको छ ।
त्यसैगरी, महोत्तरी तथा धनुषामा हालसम्म ५० वटा पावरड्रिल निर्माण भई सञ्चालनमा रहेको सो कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अमलेश यादवले जानकारी दिए ।
एउटा पावरड्रिलबाट नौ बिघा जमिन सिञ्चित हुने गरेको छ । एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्ममा रु १६ लाख लाग्ने गरेको छ । अहिलेसम्म ५० वटा पावरड्रिल निमार्णमा रु एक करोड २९ लाख ६० हजार खर्च भएको कार्यालयले जनाएको छ ।
दुवै जिल्लामा डिपट्युवेल तथा पावरड्रिलबाट १८ सय ५० बिघा जमिनमा सिँचाइ भइरहेको कार्यालयप्रमुख नयन पोखरेलले बताए । डिपट्युवेल निर्माणमा उपभोक्ता समितिमार्फत हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार