मंगलबार नेप्से २७ सय विन्दु नजिक पुग्दा १७ अर्ब २६ करोडको भयो शेयर कारोबार
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १६:३०:२५
१५ साउन, काठमाडौं । मंगलबार शेयरबजार २७ सय विन्दु नजिक पुगेको छ । यो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन २० अंकले करेक्सन आएको बजारमा आज ३५.५५ अंकले बढेर परिसूचक २६९६.६५ विन्दुमा पुग्यो ।
नेप्से बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । यसदिन ३२९ स्क्रिप्टको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँमा खरिदबिक्री भए । सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । आइतबार १५ अर्ब ८१ करोडको शेयर कारोबार भएको थियो ।
नेप्से दोहोरो अंकले बढ्दा ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आधा दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा एसियन हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको शेयर १० प्रतिशतले घट्यो ।
यसदिन कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ६० करोड मूल्य बराबरको शेयर कारोबार भयो । यसैगरी शिवम् सिमेन्टले ३७ करोडको शेयर कारोबार गर्दा सोल्टी होटलले ३६ करोड,नेपाल फाइनान्सले ३५ करोड र चिलिमे हाइड्रोपावरले २७ करोड मूल्य बराबरको शेयर कारोबार गरे ।
चार समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन् । बैंकिङ, म्युचुअल फण्ड, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन् । फाइनान्स र होटल एण्ड टुरिजम समूहको उपसूचक ५ प्रतिशत बढिले वृद्धि भएको छ । कारोबारमा आएका १८९ स्टकको मूल्य बढ्दा ४७ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर भयो ।
आज कारोबार रकम भने घटेको छ । १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार रकम एकै दिन दुई अर्ब ३४ करोड रुपैयाँ घटेको हो । यसदिन होटेल तथा पर्यटन, फाइनान्स, अन्य, लगानी, हाइड्रोपावर र विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी समूहको परिसूचक २.४ देखि ५.९९ प्रतिशतसम्म बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार