दमकमा भट्टराई छोरी बुहारी सञ्जालले मनायो खिर दिवस
यज्ञप्रसाद भट्टराई
साउन १५, २०८१ मंगलबार १६:४७:३३
१५ साउन, दमक । भट्टराई कुलबंश प्रतिष्ठान दमक नगर समिति छोरी बुहारी सञ्जालले श्रावण १५ गतेको अवसर पारेर प्रतिष्ठानद्धारा सञ्चालित श्री बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठ दमक ४ मा खिर खुवाउने कार्यक्रम सञ्चालन गरेको छ । नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्धेष्यले प्रत्येक बर्ष श्रावण १५ गते भट्टराई कुलबंश प्रतिष्ठानले खिर खुवाउने प्रचलनलाई यस बर्ष भने छोरीबुहारी सञ्जाल दमक नगर समितिले निरन्तरता दिएको सञ्जालकी नगर अध्यक्ष गंगा भट्टराईले बताइन ।
श्रावण १५ गते खिर खुवाउने दिनको अवसर पारेर गुरुकुल बिद्यापिठमा औपचारिक कार्यक्रम समेत सम्पन्न गरिएको छोरी बुहारी सञ्जालकी दमक नगर सचिव बिन्दू भट्टराईले बताइन । भट्टराई कुलबंश प्रतिष्ठान छोरी बुहारी सञ्जालकी नगर कोषाध्यक्ष बाला भट्टराईले स्वागत गरेर शुरु गरिएको उक्त कार्यक्रमको प्रमूख अतिथि भट्टराई कुलबंश प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गुरुकुल बिद्यापिठका समेत संस्थापक अध्यक्ष शेरबहादुर भट्टराई रहनु भएको गुरुकुलका अध्यक्ष राजेन्द्र भट्टराईले बताएका छन् ।
बिशिष्ठ अतिथि भट्टराई कुलबंश प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष कृतिका भट्टराईले छोरी बुहारी सञ्जालको निरन्तरको सकृयताको प्रशंसा गर्दै यसलाई यसरी नै निरन्तरता दिन आग्रह गरेकी थिइन भने गुरुकुल बिद्यापिठकी केन्द्रीय उपाध्यक्ष चन्द्रा खड्का भट्टराईले कार्यक्रमको सफलताको शुभकामना दिएकी थिइन । श्री बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठ दमक ४ का अध्यक्ष राजेन्द्र भट्टराईले अहिले बिभिन्न ब्यक्तिहरुको जन्मोत्सव र खुसीयाली आदानप्रदान गर्न गुरुकुलमा आउने क्रम बढेको भन्दै यसले गुरुकुलको प्रचारप्रसार र संरक्षणमा थप मद्धत र हौसला पुगिरहेको बताएका थिए ।
भट्टराई कुलबंश प्रतिष्ठानले सनातन हिन्दू धर्म संस्कार र परम्पराहरुलाई आफ्नो स्थापना कालदेखि नै संरक्षण र सम्बद्धनमा सकृय रहदै आईरहेको बताउदै भट्टराई कुलबंश प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठ दमक ४ का समेत संस्थापक अध्यक्ष रहेका शेरबहादुर भट्टराईले गुरुकुलको स्थापना गर्नुको औचित्य औल्याउदै देशको बर्तमान अवस्थाको अध्ययन गर्दा देशमा यहि अवस्था रहिरहे अबका केहि बर्षपछि गहुत खुवाउने मान्छेको समेत अभाव हुने देखेर हामीले गुरुकुल सञ्चालमा ल्याएको बताए ।
कार्यक्रममा भट्टराई कुलबंश प्रतिष्ठानका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, प्रदेश लेखा समितिका पदाधिकारीहरु, नगर समितिका अध्यक्ष तथा पूर्व पदाधिकारीहरु छोरी बुहारी सञ्जाल दमक नगर समितिका पदाधिकारी तथा सदस्यहरु लगायत गुरुकुलमा अध्ययन गरिरहेका बटुकहरु, प्राचार्य लगायतको उपस्थिति रहेको थियो ।
श्वस्ति बाचन गरेर शुभारम्भ गरिएको उक्त कार्यक्रम छोरी बुहारी सञ्जालकी दमक नगर सचिव बिन्दू भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा खिर खुवाउन लाग्ने सम्पूर्ण खर्च छोरी बुहारी सञ्जालकी दमक नगर समिति अध्यक्ष गंगा भट्टराईले ब्यवस्था गरेको जनाइएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपपूजा आराधनासहित देशभर मनाइयो धनवन्तरी जयन्ती
कात्तिक १४, २०८१ बुधबार
कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइयो काग तिहार
कात्तिक १४, २०८१ बुधबार
काठमाडौं महानगरले तोकेको क्षेत्रभन्दा बाहिर गएर फूल बिक्री गर्न नपाइने, यी हुन बेच्न पाइने स्थान
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
कात्तिक १४, २०८१ बुधबार
बलिउड फिल्म 'सिंघम अगेन' र 'भूल भुलैया- ३' साउदी अरबमा प्रतिबन्ध !
कात्तिक १५, २०८१ बिहिबार
उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण
कात्तिक १५, २०८१ बिहिबार
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’
कात्तिक १५, २०८१ बिहिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
कात्तिक १५, २०८१ बिहिबार
नगरवासीलाई सहुलियत शुल्कमा फूल
कात्तिक १५, २०८१ बिहिबार
कन्जुस नगरी विजुली बाल्नु, पर्याप्त छः प्राधिकरण
कात्तिक १५, २०८१ बिहिबार