एआईजी ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवा प्रस्ताव
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार २१:२०:३२
१५ साउन, काठमाडौं । नयाँ सरकार बने लगत्तै सीआईबीका श्याम ज्ञवालीलाई प्रदेश प्रहरी समन्वय विभागमा सरुवा तयारी भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सिफारिसमा ज्ञवालीलाई चार महिनामै सीआईबीबाट हटाइन लागेको हो ।
रामदत्त जोशीको बढुवासँग प्रहरी प्रधान कार्यालयले उनलाई पदस्थापन गर्ने बहानामा ज्ञवालीको नियोजित रुपमा सरुवा गर्न लागिएको हो । स्रोतका अनुसार नेपाल प्रहरीले ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक 'एआईजी' को सरुवा पदस्थापनको तयारी गरेसँगै ज्ञवालीलाई भदौ २६ मा घर जाने निहुँ बनाएर काम नभएको विभागको जिम्मेवारी दिन लागिएको हो ।
आफ्नै नातेदार समेत रहेका आईजीपी कुँवरले एआईजी ज्ञवालीलाई यसअघि उपत्यका प्रहरी कार्यालयबाट हटाएका थिए । भुटानी शरणार्थी अनुसन्धानमा सफल मानिएका एआइजी ज्ञवालीलाई हटाइएको थियो । अहिले स्रोतका अनुसार बढुवामा सिफारिस भएका रामदत्त जोशीको पदस्थापन अपराध अनुसन्धान विभागमा गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
एआईजी श्याम ज्ञवालीलाई प्रदेश समन्वय, दीपक थापालाई मानव स्रोत विभाग , टेकबहादुर तामाङ वा सुदीप गिरीलाई सीआईबी र भीम ढकाललाई महानगरीय प्रहरी कार्यालयमा जिम्मेवारी दिने गरी आइजीपीले गृहमन्त्रालयमा प्रस्ताव पठाइसकेका छन् । मन्त्रालयले आगामी बिहिबारको मन्त्रिपरिषद बैठकमा पेश गर्ने स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार