पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शीर्ष स्थानमा
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार ७:२४:४७
१६ साउन, काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् । जसमा जापान ७ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ
त्यस्तै अस्ट्रेलिया पनि ६ स्वर्णसहित ४ रजत र एक काश्य पदक जितेर तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ९ रजत र ४ काश्य पदक सहित चौथो स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र ३ काश्य पदक जितेको छ भने अमेरिकाले ४ स्वर्ण ११ रजत र ११ काश्य पदक जितेको छ ।
त्यस्तै ग्रेट ब्रिटेनले ४ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने इटालीले ३ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनी २-२ स्वर्ण पदक जितेका छन् ।त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, आयरल्याण्ड, अजरबैजान, न्यूजील्याण्ड, रोमानिया, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, कोसोभो, मेक्सिको, पोल्याण्ड, टर्की, फिजी, जर्जिया, मंगोलिया, उत्तर कोरिया, ट्युनिसिया, भारत, मोलडोभा, क्रोसिया, इजिप्ट, स्पेन, ग्वाटेमाला, हंगेरी, स्वीजरल्याण्ड, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार