यस आर्थिक वर्षमा १० अर्बबाट आन्तरिक ऋण उठाउन सुरु, राष्ट्र बैंकले आजै ४० अर्ब तरलता खिच्ने
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १३:३:४४
१६ साउन, काठमाडौं । सरकारले आजबाट आन्तरिक ऋण उठाउन थालेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि पहिलो पटक १० अर्ब ऋण उठाउन लागिएको हो । बुधबार १० अर्ब बराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउन १६ गते १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०९२ जारी गर्न लागेको हो ।
ऋण व्यवस्थापन कार्यालयका अनुसार उठाउने ऋण दिन इच्छुक आवेदकले बुधबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ११ वर्ष अवधिको यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, बिमा कम्पनी, संगठीत संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।
यस्तै राष्ट्र बैंकले बजारबाट ४० अर्ब खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि ४० अर्ब खिच्न लागिएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साउन १६ गते अनलाइनमार्फत बोलकबोलमा सहभागी हुन भनेको छ । साउन १६ गतेदेखि भदौ ५ गतेसम्मका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो ।
निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसहित बोलकबोलमा सहभागी हुनुपर्नेछ । आन्तरिक ऋण पनि सरकारले यही साउन १७ गते लिनेछ र २०९२ साल साउन १७ गते सावाँ भुक्तानी गर्नेछ । यो ऋणको ब्याज सरकारले अद्र्धवार्षिक रुपमा भुक्तानी गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
इरानमा ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हट्यो
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार