नबिल ढुक्क बचतमा लोभ लाग्दो बीमा सुविधा, नयाँ ऋणमा पनि उत्कृष्ट अफर
४१ वर्ष लागेको नबिल बैंकमा नयाँ ग्राहकलाई ४० दिनसम्म खाता खोल्ने देखि विभिन्न कारोवारमा अफर नै अफर
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १७:३८:२६
३० साउन,काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा अग्रणी रहेको नबिल बैंक ४१ वर्षमा प्रवेश गरेको छ । ४० वर्षसम्म निरन्तर भरपर्दो सेवा दिएर आएको यो बैंक ब्याजदर व्यवस्थापन, कर्जा प्रवाह र मुनाफा वितरणमा पनि अरु बैंक भन्दा अगाडि नै छ । सामाजिक उत्तरदायित्त्व बहनमा पनि यो बैंक पहिलो स्थानमा नै पर्छ । सूचनाप्रविधिको विकाससँगै डिजिटल उपकरणहरूको प्रयोगमा पनि नबिल बैंकलाई अन्य बाणिज्य बैंकहरु भन्दा उत्कृष्ट मानिन्छ ।
सन् १९८४ को जुलाई १२ देखि नेपाल अरब बैंकका रुपमा अहिलेको नबिलले बैंकिङ कारोबार श्ररू गरेको थियो । स्थापनाकालदेखि नै प्रविधिको प्रयोगमा जोड दिएको बैंकले पछिल्लो समय ग्राहकलाई दिनुपर्ने प्रायः सेवाहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिसकेको छ । समय समयमा बैंकले ग्राहकहरूमा दिने सेवामा सहुलियत एवं छुट सुविधा पनि दिँदै आइरहेको छ । अहिलेसम्म निजी क्षेत्रको नजरमा पनि यो बैंक अरुभन्दा अगाडि नै छ । व्यावसायिक, व्यक्तिगत, शैक्षिक क्षेत्रमा यो बैंकको कारोबार उत्कृष्ट ठहरिएको छ ।
समग्र वित्तीय कारोबारमा नबिल बैंक उत्कृष्ट रहेको मात्र हैन । यसले समय समयमा आफ्ना ग्राहकहरूलाई दिने सेवा, सुविधा र आकर्षक छुटहरु पनि चर्चा योग्य छन् । यस मध्ये नबिल बैंकले ४० वर्ष पुरा गरेको अवसर पारेर ४० दिनसम्म दिएको अफर भने लोभलाग्दो छ । त्यसमा पनि यी अफरहरू नयाँ ग्राहकसँग बढी सम्बन्धित छन् । ४० वर्ष पुरा गरेर ४१ वर्षमा बैंक प्रवेश गरेको दिनदेखि ४० दिनभित्र नयाँ खाता खोलेर बैंकिङ कारोबार गर्नेहरूले मात्र विभिन्न वित्तीय सेवाहरुमा छुट पाइने बैंकले जनाएको छ ।
कस्तो छ ४० दिनको अफर ?
नबिल बैंकका अनुसार अफर सुरु भएको ४० दिनभित्र नयाँ खाता खोलेर कारोबार सुरु गर्ने ग्राहकहरूमा बैंकले दिने छुटहरु केन्द्रित गरिएका छन् । बैंकमा खाता भएका तर, पहिले कुनै पनि शीर्षकमा कर्जा नलिएका ग्राहकहरूले पनि नयाँ ऋणका लागि निवेदन दिएर सुविधा लिन सकिन्छ ।
बैंकमा खाता खोल्न आउने नयाँ ग्राहकका लागि बैंकले कर्जामा ०.२५ प्रतिशत सेवा शुल्कमा छुट दिएको छ । यस्तै विभिन्न कार्डहरू, एटीएम कार्ड, बैंक लकर आदि सबैमा ५० प्रतिशत छुट दिइएको छ । ४० दिनभित्र खाता खोलेर मोबाइल बैंकिङ सुरु गर्ने ग्राहकलाई २ वर्षसम्म चार्ज फ्री हुने बैंकले जनाएको छ । यो ४० औं वार्षिक उत्सवमा ग्राहकलाई ४० दिनसम्म खाता खोल्दा पाउने सुविधादेखि बैंकबाट ऋण लिँदा पाउने सुविधासम्मका अफर राखिएका छन् ।
बैंकिङ सेवाका विभिन्न आयामहरूमा ४० दिनको अफर दिएको हो । खास गरी बैंकले नयाँ ग्राहकहरूमा यो अफर राखेको हो । जुलाई १२/२०२४ देखि अगस्त २०/२०२४ सम्म नयाँ खाता खोल्दा एटीएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एन बैंक तथा एनबैंक एपको शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । साना तथा मझौला उद्यममा एक करोडसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने र कृषि तथा उत्पादनमूलक उद्योगमा पाँच करोडसम्मको कर्जा आधारमा दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने बैंकले जनाएको छ ।
नयाँ ऋणमा अफर
नयाँ खाता खोलेर ऋण लिन चाहने ग्राहकका लागि पनि उत्कृष्ट अफर राखिएको छ । व्यक्तिगत वा संस्थागत दुवै ऋणमा तोकिएका सेवासुविधाहरु पाउन सकिन्छ । व्यापारिक ऋणमा पनि विशेष छुट दिइएको छ । एक करोडभन्दा तलको कर्जामा बेसरेटमा एक प्रतिशत दिइएको छ । बैंकको अहिले सामान्यतया बेसरेट ७.६३ प्रतिशत रहेको छ । बेसरेटमा १ प्रतिशत मात्र प्रिमियम थपेर दिएको यो दर ज्यादै न्यून र राम्रो दर हो । यसमा १ प्रतिशत भनेको ८.६३ प्रतिशतमै ऋण पाउन सकिने हुन्छ ।
अर्को १ करोड भन्दामाथि र ५ करोडभन्दा तलको मेनिफक्चरिङ कर्जामा १.५ प्रतिशत मात्रै प्रिमियम थपेर कर्जा दिने व्यवस्था गरिएको छ । यसको सर्भिस चार्जमा पनि अरु बेला ७५ पैसा लाग्छ भने यो वार्षिक उत्सवको समय वा ४० दिनभित्र गरेमा ५० पैसा मात्रै लाग्नेछ । यो पनि एकदमै सुविधायुक्त भएको बैंकले जनाएको छ । यस्तै व्यक्तिगत कर्जा अन्तर्गत बैंकले ढुक्क घर कर्जा भन्नेमा पनि विशेष छुटको व्यवस्था गरेको छ । यस कर्जा अन्तर्गत घर मात्र खरिद गर्न, घरसहितको जग्गा खरिद गर्न वा एपार्टमेन्ट खरिद सकिन्छ ।
यो कर्जामा ७ वर्ष सम्मका लागि ८.४ प्रतिशत ब्याजदरमा कर्जा दिइन्छ । यसमा ७ वर्षसम्म बैंकले व्याजदर छुट दिएको छ । यो कर्जालाई १० वर्ष सम्म लाने हो भने ९.४ प्रतिशत ब्याज तिनुपर्ने हुन्छ । यो ४० दिनसम्मका लागि मात्र हो भने पुराना ग्राहकको हकमा यो व्यवस्था लागु नहुने बैंकले जनाएको छ । पहिलेदेखि नबिल बैंकमा कारोबार गरिरहेका तर, कुनै कर्जा नलिएर यो अफर सुरु भएपछि कर्जा लिने, बैंकमा खाता खोलेर कारोबार सुरु गर्ने ग्राहकहरूको लागि मात्र हो । अर्थात् पुरानो ग्राहक छ र नयाँ कर्जा लिँदैछ भने पनि उसले पाउँछ ।
नबिल ढुक्क बचत खाता
बैंकले अहिले आफ्ना ग्राहकहरूका लागि प्राथमिकतामा राखेर सुरु गरेको खाता भनेकै ‘नबिल ढुक्क बचत खाता हो । यसलाई अरुभन्दा एक उत्कृष्ट बचत खाता मानिएको छ । यसमा अरु बचत खाताभन्दा ब्याजदर पनि उच्च दिइएको छ । जति घटेपनि अरू खाताभन्दा माथि नै हुन्छ । यो खाता खोल्ने ग्राहकहरूलाई बैंकले धेरै प्रकारका सुविधा पनि दिएको छ । जस अनुसार मेडिकल इन्स्योरेन्स सुविधा (औषधि उपचार बीमा) पनि एक हो ।
यो बैंकमा नबिल ढुक्क बचत खाता खोलिसके पछि त्यो ग्राहकलाई भोलि गएर कुनै रोग लाग्यो भने त्यो अवस्थामा सुविधा पाइन्छ । एकचोटी खाता खोलेपछि त्यसपछिका वर्षहरूमा यो सुविधा पाइन्छ । नबिल ढुक्क बचत खाता खोल्नेले मात्र यो सुविधा पाउनेछन् । यही खातामा १० लाख दुर्घटना बीमा पनि समावेश गरिएको छ ।
खाता खोल्नेले भोलि काम गर्दै गएको अवस्थामा कुनै कारणले दुर्घटना भएमा यो बीमा सुविधा पाइन्छ । यसमा १० लाख सम्मको इन्स्योरेन्स दिइएको छ । त्यस्तै यो खाता खोलेपछि घातक रोगको बीमा (इन्स्योरेन्स) पनि पाइन्छ । घातक रोगको सन्दर्भमा भने ३ लाखसम्मको बीमा व्यवस्था गरिएको छ । यसमा पनि आवधिक जीवन बीमा अन्तर्गत मृत्यु भएका थप ७५ हजार पाइनेछ । नबिल ढुक्क बचत खाताको न्युनतम मोजजात १० लाख रहेको छ । यो खाता खोल्ने ग्राहकले बीमा सुविधा पाउने हो । यो १ लाखको ब्याज पनि अरूको भन्दा धेरै पाइन्छ ।
अर्को नबिल बैंकबाट लिएको एटीएम अरु बैंकहरुमा लगेर पैसा निकाल्दा पनि पैसा नलाग्ने बनाइएको छ । बैंकले ४० वर्ष पुगेको अवसरमा ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने, साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्बिर प्रदर्शनीलगायतका कार्यक्रम तय गरेको छ । दिगो विकासका लक्ष्य पूरा गर्न नेपालका हकमा २३ अर्ब डलर आवश्यक छ । यी सामाजिक उत्तरदायित्त्व अन्तर्गतका काम पनि नबिल बैंकले गर्दै आएको छ ।
नबिलका देशभर २६८ शाखा सञ्जालमा छन् । २२ वटा एक्स्टेन्सन काउन्टर र ३१६ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । नबिल ढुक्क घर कर्जा योजना पनि सुरु गरिएको छ । बैंकले यस योजना सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
कुमारी बैंकको शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा
मंसिर ६, २०८१ बिहिबार
आज दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार