टिकटकको मुख्यालयका कर्मचारीलाई फुड प्वाइजन, ५७ जना अस्पताल भर्ना
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १५:४८:१३
१६ साउन, काठमाडौं । टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तता 'फुड प्वाइजन' का कारण बिरामी परेका छन् ।
मिडिया रिपोर्टका अनुसार मंगलबार ६० जनामा पेटसम्बन्धी समस्या देखिएको छ, जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको । बाइट डान्स कम्पनीले पनि कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
बाइट डान्सको कार्यालयमा तेस्रो पक्षले खाना आपूर्ति गर्ने स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । स्थानीय मिडियाका अनुसार घाइतेहरुको उपचारका लागि १७ एम्बुलेन्स पठाइएको थियो ।
बाइटका प्रवक्ताले कर्मचारीहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गर्दै प्रभावित कर्मचारीको सहयोग गर्न तत्काल कदम चालेको बताएका छन् । उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार