नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १६:१६:१६
१६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।
शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आएकी नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए ।
उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरे । नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुईपक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ
मंसिर २६, २०८१ बुधबार
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
मंसिर २६, २०८१ बुधबार
आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माण गर्नुपर्छ : उपमहासचिव पुन
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह
मंसिर २६, २०८१ बुधबार
कोलम्बो बन्दरगाहका लागि अमेरिकी ऋण सम्झौताबाट अडानी फिर्ता
मंसिर २६, २०८१ बुधबार
इरानमा वायु प्रदूषणका कारण विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन
मंसिर २६, २०८१ बुधबार
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
मंसिर २६, २०८१ बुधबार
अत्यधिक चिसोले मुस्ताङमा पानी जम्न थाल्यो
मंसिर २६, २०८१ बुधबार