शेयरबजारमा उछाल: ६४.२५ अंकले बढेर २७६० पुग्यो नेप्से, झन्डै २२ अर्बको कारोबार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १७:०:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/sear_mPb9dagvHx_3IlW8CWtYU.jpg)
१६ साउन, काठमाडौं । धितो पत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार कारोबार रकमले पनि यसअघिको रेकर्ड ब्रेक गरेको छ । आज हालसम्मकै उच्च मूल्यको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार शेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको हो । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो । अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । बुधबार शेयरबजारको परिसूचक नेप्से ६४.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ ।
१९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रो फाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा व्यापार समूह २.७ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ ।
यस दिन १४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी, नेपाल रिपब्लिक मिडिया, कुथेली बुकरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ, प्रोग्रेसिभ फाइनान्स, ओरियन्टल होटल, समृद्धि फाइनान्स, मल्टिपर्पस फाइनान्स र फस्र्ट माइक्रो फाइनान्सको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको हो ।
धितो पत्र दोस्रो बजारमा कारोबार गर्नेको सम्पत्तिको मूल्य (कुल बजार पुँजीकरण) ४३ खर्ब ८० अर्ब ७७ करोड रुपैयाँ पार गरेको छ । यसअघि २०७८ साउन ३२ गते २१ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार हुँदा ४४ खर्बभन्दा बढीको कुल बजार पुँजीकरण भएको थियो ।
मंगलबारको तुलनामा कुल बजार पुँजीकरण एक खर्ब एक अर्ब ९७ करोड रूपैयाँले बढेको छ । मंगलबार कुल बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब ७९ करोड रुपैयाँ कायम भएको थियो । आज पाँच करोड नौ लाख ६७ हजार ९५१ कित्ता शेयर खरिद–बिक्री भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार