राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त, नयाँको आजै नियुक्ति
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १७:३३:२१
१६ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई बुधबार पदमुक्त गरिएको हो ।
उनीहरूलाई पदमुक्त गर्न सोमबारको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । आजै तीन प्रदेशमा नै नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
देवकोटा कैलालीका हुन् भने घर्ती मगर रोल्पा र जोशी बझाङका हुन् । राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णय र सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखहरू नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको गत असार १७ को सहमतिअनुसार केपी शर्मा ओलीको नेतृत्वमा संघीय सरकार गठन गरेपछि तीन प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार