संसद विजनेशविहिन भयो, विषयगत समितिले विचाराधीन विधेयक चाँडो टुंग्याउनु पर्योः सभामुख
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १८:२७:१०
१६ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरूलाई विचाराधीन विधेयकको विषय चाँडो टुंग्याउन आग्रह गरेका छन् । सहजीकरणको लागि आफू तयार रहेको भन्दै उनले समितिबाट विधेयकका काम छिटो सकिनुपर्नेमा जोड दिएका छन् । संसद विजनेशविहिन भएपछि सभामुख घिमिरेले सभापतिहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर आज छलफल गरेका थिए ।
संसद प्रभावकारी बनाउन संसदीय समितिको सक्रियता रहनुपर्ने बताए । अहिले संसदमा विधेयक छैन । त्यो भनेको खास बिजनेस छैन । बिजनेस नभएपछि संसद चलाउन सकिँदैन । संसदलाई बिजनेस दिने वातावरण तयार गर्नुहोस् । समिति सञ्चालनका लागि आवश्यक पूर्वाधार, व्यवस्थापकीय सहयोग गर्न संसद सचिवालय तयार छ । समितिमा विचाराधीन रहेका विधेयकहरू टुंगोमा लगाउन विशेष तदारुकता देखाउनुहोस्, उनले भने ।
छलफलमा सभापतिहरूले तीन दिन संसद, तीन दिन समितिको बैठक सञ्चालन गर्ने पूर्वनिर्णय प्रभावकारी हुन नसकेको कांग्रेस सांसद रामहरि खतिवडाले बताए । संसद सकिनेबित्तिकै सांसदहरू गृहजिल्ला जाने हुँदा समितिको बैठक बस्न सकेन । समितिमा धेरै विधेयक छन्, तर जटिल प्रकृतिका छन् । कतिपय विधेयकमा राजनीतिक समिति चाहिएको छ, उनले भने ।
सांसद विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंगोमा लाग्ने तयारी रहेको बताइन् । एक दुई विषयमा राजनीतिक सहमति भए टुंगिने उनको भनाइ छ । सांसद अम्मरबहादुर थापाले शिक्षा विधेयकमा धेरै संशोधन भएको बताउँदै टुंगोमा पुर्याउन जनशक्तिको अभाव भएको बताए । बैठकमा सभापतिहरू रामहरि खतिवडा, विमला सुवेदी, अम्मरबहादुर थापा, अब्दुल खान, किरणकुमार साह, दीपकबहादुर सिंह सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार