बाढी र डुबान : काठमाडौं उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १८:३५:५
१६ साउन, काठमाडौं । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको छ ।
यस्तै भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिकागरी २८ जनाको उद्धार भएको मैनालीले जानकारी दिए । उनका अनुसार काठमाडौँमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो । प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्धार गरिएको छ । गएरातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाटोका भाँडा बनाउन भ्याइनभ्याई
कात्तिक ४, २०८१ आइतबार
मकै बेचेर जीवन निर्वाह
कात्तिक ४, २०८१ आइतबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक ४, २०८१ आइतबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
कात्तिक ४, २०८१ आइतबार
हिरासतमा सर्वसाधारण र भीआईपीमा भेदभावः अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी
कात्तिक ४, २०८१ आइतबार
रवि लामिछानेमाथि कडा कारवाहीको माग गर्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
कात्तिक ४, २०८१ आइतबार
भीम रावल, विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
कात्तिक ४, २०८१ आइतबार
बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालनमा ल्याइँदै
कात्तिक ४, २०८१ आइतबार
धरानको कार्यवाहक विवाद: मेयरको निर्णय कार्यावन्यन नगर्न उच्च अदालतको अन्तरिम आदेश
कात्तिक ४, २०८१ आइतबार
सशस्त्र बीओपी मटिहानी तस्करी नियन्त्रणमा सक्रिय, दुई साता मै १६ लाख स्रोत नखुलेको रकम बरामद
कात्तिक ४, २०८१ आइतबार
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ
कात्तिक ४, २०८१ आइतबार
राहत र पुनःस्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री ओली
कात्तिक ४, २०८१ आइतबार