लेबनानका नेपालीलाई दूतावासको सम्पर्कमा आउन आग्रह
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १०:५०:२५
१७ साउन, काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीहरूलाई नजिकको दूतावासको सम्पर्कमा आउन भनेको छ । लेबनान हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासमा सतर्कता अपनाएर सम्पर्कमा आउन भनिएको हो । अहिले लेबनानमा हिंस भड्किने खतरा छ ।
लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गर्दै सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ । लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुकर मारिएपछि तनाव बढेको छ ।
लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ, कायरोस्थित नेपाली दूतावासबाट जारी सूचनामा उल्लेख छ ।
लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंक मार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।
कायरोमा सम्पर्कका निम्ति–
इमेल : [email protected]
सम्पर्क व्यक्ति : दीपक घिमिरे – द्वितीय सचिव, फोन नम्बर +201097772348 (ह्वाट्सएप)
माधवराज काफ्ले – तृतीय सचिव, फोन नम्बर +201002505997 (ह्वाट्सएप)
बेरुतमा सम्पर्कका निम्ति–
इमेल : [email protected]
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन नम्बर +9613301181/+96171688821/+96181883713
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार