शास्त्रीय संगीत प्रशिक्षक गुरुदेव कामतको निधन
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार ११:२६:३९
१७ साउन, काठमाडौं । संगीत प्रशिक्षक गुरुदेव कामतको निधन भएको छ । बिहीबार बिहान उनको निधन भएको हो । ६९ वर्षको उमेरमा आज बिहान सिरहास्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनी मिर्गौला रोगबाट पीडित थिए ।
कामत मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । आर्थिक अवस्था कमजोर भएपछि उनी केही समयअघि मात्र काठमाडौंबाट गृहजिल्ला सिरहा फर्किएका थिए । उनले नियमित डायलासिस गराउँदै आएका थिए । आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए ।
६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिएने भएको छ । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो ।
उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए । पछिल्लो समय उनलाई घरमा इायलासिस गराउने गरिएको थियो । छोरा समीरका अनुसार बिरामी भएर थलिएका कामतले चार दिनदेखि केही खाना खाएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पहिलो दिनको थुनछेक बहस सकियो, प्रतिवादीले यही मर्छु भनेपछि अदालतमा केहीबेर सन्नाटा
पुष १६, २०८१ मंगलबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार
पुष १७, २०८१ बुधबार
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार
जर्मनी : नयाँ वर्षमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु
पुष १७, २०८१ बुधबार
बुधबार ५ अंकले बढेर २५८१ मा नेप्से उक्लिए पनि ३ अर्ब ५९ मा सीमित भयो कारोबार रकम
पुष १७, २०८१ बुधबार
कृत्रिम बौद्धिकता 'एआई'को प्रयोगद्वारा जीवनको खोज
पुष १७, २०८१ बुधबार