संक्रणकालीन न्यायसम्बन्धी विधेयकमा कुरा मिल्यो, मेलमिलापका सन्दर्भमा पीडितको सहमति अनिवार्य
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार ११:५७:२
१७ साउन, काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने (टीआरसी) विधेयकमा तीन दलबीचमा सहमति भएको छ । बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको हो । कार्यदलका सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तीन दलका कार्यदलबीच सहमति भएको बताए ।
सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई बुझाउनेछ । कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा र नेकपा एमालेबाट महेश बर्तौला थिए । प्रमुख तीन राजनीतिक दलहरूका बिचमा विवादित विषयमा सहमति भएसँगै यो विधेयक अब अघि बढ्ने भएको छ । गृहमन्त्री रमेश लेखकले पनि टीआरसीमा मिल्न बाँकी सबै विषयमा सहमति भएको बताएका छन् ।
कार्यदलको बैठकपछि गृहमन्त्री लेखकले सहमतिसँगै अब टीआरसी विधेयकको प्रक्रिया अघि बढ्ने बताए । मेलमिलापका सन्दर्भमा पीडितको सहमति हुने कुरा भएको छ । यदि पीडितको सहमति भएन भने मानवअधिकार उल्लघनको मुद्दा चल्न सक्ने र फौजदारी मुद्दा भएकोमा पीडितलाई त्यसको अधिकार दिने सहमति भएको छ । द्वन्द्वमा संलग्न सुरक्षाकर्मीको मृत्यु भएका परिवारलाई पीडित सरह क्षतिपूर्ति दिने सहमति भएको छ ।
बहिगर्मित पूर्व लडाकुलाई पनि परिपूरण गर्ने सहमति भएको छ । हत्याको विषयलाई नियतपूर्वक वा स्वेच्छाचारी ढङ्गबाट गरिएको हत्या भनिएको छ । अब कानुन मन्त्रालयले प्रतिवेदन बनाउँछ र शीर्ष नेताले सम्बोधन गरेर मिलाउने छन् । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार