युवाहरूलाई निःशुल्क कपाल काट्ने तालिम
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १२:५५:४८
१७ साउन, चितवन । यहाँका युवालाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो ।
भरतपुरको सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ३० युवायुवतीलाई निःशुल्क तालिम सञ्चालन गरेको हो । सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार तालिममा सहभागी आधाभन्दा बढी महिला छन् । ब्युटीपार्लर सञ्चालन गर्दै आएकाहरुसमेत तालिममा सहभागी छन् । उनीहरुलाई ४५ दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइने जनाइएको छ ।
प्रशिक्षणपश्चात् स्थानीय वडा र पालिकासँग समन्वय गरेर व्यवसाय सञ्चालनमा सहजीकरण गरिने सिग्देलले बताए । आवेदन दिएकाहरुबाट छनोट गरी स्वदेशमै पेसा गर्न चाहनेलाई तालिममा समावेश गरिएको उनको भनाइ छ ।
सैलुनका प्रबन्ध निर्देशक सुस्मिता चालिसेले यसअघि यही तालिमका लागि प्रतिव्यक्ति रु ४० हजार लिइँदै आएको बताए । गत वर्ष पनि ३० जनालाई निःशुल्क तालिम दिइएको उनले जानकारी दिए ।
तालिमपश्चात् सहभागीले महिला र पुरुष दुवैको कपाल काट्नेलगायत सैलुन र पार्लरसम्बन्धी काम गर्न सक्ने चालिसेको भनाइ छ । गत वर्ष तालिमका सहभागीमध्ये केहीले आफैंले व्यवसाय सञ्चालन गरेका छन् । केहीले रोजगारी पाएका छन् । सिग्देलले विदेशबाट फर्किएर यहाँ सैलुन व्यवसाय गर्दै आएको छ । विदेशका दुःख देखेर युवाहरूलाई विदेश जाने अवस्था न्यूनीकरण गर्न निःशुल्क तालिम दिँदै आएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार