नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व संकलन

नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १३:०:२९

१७ साउन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु २५ अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तःशुल्कतर्फ रु २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ रु ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४२ करोड ३१ लाख ३९ हजार, ब्याज रु छ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ रु तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ रु एक करोड ९२ लाख ८४ हजार र अन्य रु दुई लाख ४१ हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
आव २०८०/८१ मा कार्यालयलाई रु ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए । आव २०७९/८० को तुलनमा गत आवमा कम राजस्व सङ्कलन भएको उनको भनाइ छ ।
आव २०७९/८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व संकलन भएको थियो । गत आवमा अन्तःशुल्कतर्फ मात्र रु ३६ अर्ब राजस्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो ।
खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तःशुल्कको सङ्कलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए । “जिल्लामा राजस्व संकलनको ठूलो हिस्सा अन्तःशुल्कको रहेको छ । यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन”, उनले भने, “लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि तुलनात्मक रुपमा यो सकारात्मक परिणाम हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार