प्रभु बैंकबाट ग्राहकको एक करोड १९ लाख रकम लिएर बैंकका कर्मचारी सिटौला फरार, सीईओ शेरचनको संरक्षण
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १४:१२:१४
१७ साउन, काठमाडौं । झापाको विर्तामोडमा रहेकाे प्रभु बैंकबाट एकजना बचतकर्ताको १ करोड १९ लाख रकम हराएको छ । रकम अपचलन गर्ने सोही शाखाका कर्मचारी मार्केटिङ म्यानेजर प्रमोद सिटौला बुधबारदेखि हराएका छन् । प्रभु बैंकमा ग्राहकले राखेको एक करोड १९ लाख रकम लिएर बैंककै कर्मचारी सिटौला बुधबार खातावालालाई भेटेर फरार भएको पीडित पक्षले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मञ्जु नेपालका नाममा रहेको प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रकम गायब गरिएको सम्मेलनमा जानकारी दिए । रकम जम्मा गर्ने टीकाराम नेपाल सूर्योदय टेलिभिजनका कार्यक्रम निर्माता पनि हुन् । उनकी श्रीमती मञ्जु नेपालको नाममा जम्मा गरेको एक करोड १९ लाख कर्मचारीले नै हिनामिना गरेका हुन् । कर्मचारी सिटौला अहिले बेपत्ता भएका छन् ।
टीकाराम श्रीमती मञ्जुसहित केही समय अघि आफ्ना छोराहरूलाई भेट्न अमेरिका गएका थिए । अमेरिका जानु अघि आफ्नो श्रीमतीको नाममा जम्मा भएको पैसाको निस्सा माग्दा सिटौलाले निकै बहानाबाजी गरेका थिए । सिटौलाले एक करोड १९ लाख जम्मा भएको लिखित निस्सा उपलब्ध गराएका थिए । तर, त्यसमा गडबडी देखियो । उक्त रकममध्ये एक करोड १० लाख फिक्स डिपोजिट गराएर नेपाल अमेरिका गएका थिए ।
६ महिनाको फिक्स डिपोजिट म्याच्योर्ड भएपछि रकम निकाल्न जाँदा खातामा २ लाख मात्र छ भनेर बैंकले जवाफ दियो । त्यसपछि नेपालले पैसामा बदमासी भएको अनुमान लगाए । बैंकमा जम्मा भएको रकमको जिम्मेवारी बैंकका शाखा म्यानेजर गणेशबहादुर बरालले लिनुपर्ने हो । तर, बैंक भने मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको भन्दै पन्छिन खोजिरहेको छ । सिटौलासँग पैसाबारे कुरा गर्दा म मिलाइहाल्छु भन्ने जवाफ दिएको नेपालले बताए । बुधबार बिहान बिर्तामोड शनिश्चरे रोडमा रहेको द मोमो फ्याक्टोरीमा आएका सिटौला ग्यासट्राइटिसको औषधि किन्ने भन्दै उनको झोला त्यहीँ छोडी भागे । त्यसपछि उनको फेसबुक एकाउन्ट डिएक्टिभेट छ भने मोबाइल फोन अफ छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली आएर झोला खानतलासी गर्दा विभिन्न व्यक्तिका नाममा रहेका चेकहरू, डेविट-क्रेडिट कार्डहरू, बैंक भौचरहरू फेला परेको छ । अहिले बैंकका कर्मचारी सिटौलाले अन्य ग्राहकलाई पनि त्यसरी नै झुक्याउने गरेको खुलेको छ । अहिले नेपालले सिटौला र बैंकमाथि जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् । सिटौलाको झोलाबाट बरामद भएका चेक र बैंक भौचरले धेरै ग्राहकको पैसा अपचलन भएको प्रहरीको ठहर छ ।
सोही घटनाबारे बैंकका शाखा प्रबन्धक गणेशबहादुर बरालले घटनाको छानबिन हुने बताएका छन् । आफ्नो कर्मचारीबाट भएको अपराध उनले स्वीकार गरेका छन् । प्रभु बैंकको केन्द्रीय कार्यालयले भने यसबारे केही बताएको छैन । यस बैंकमा यस्ता घटना पटक पटक हुँदै आएको ग्राहकहरू बताउँछन् ।
आफ्नो रकम गायब भएपछि नेपालले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् । जसमा बैंकका म्यानेजर बरालमाथि पनि अनुसन्धान गर्न माग गरिएको छ । तर, झापा प्रहरीले अहिलेसम्म बराललाई पक्राउ गरेको छैन । किटानीसहित उजुरी परेका बैंकको म्यानेजर बराललाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा बैंकका सीईओ अशोक शेरचनले झापा प्रहरीलाई माथिबाट दबाब दिन लगाई पक्राउ गर्न नदिएको आरोप पीडित पक्षको छ ।
यो ठगी मुद्दा भएकाले प्रहरीले जाहेरी परेका ठगीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा उल्टै सीईओ अशोक शेरचनको निर्देशनमा बैंकले केन्द्रबाट छानविन टोली पठाएर अनुसन्धानलाई नै प्रभावित पार्न खोजिएको बताइएको छ । झापा शाखाका म्यानेजर बराल सीईओ शेरचन निकट कर्मचारी हुन् भने बरालसँग मार्केटिङ म्यानेजर रहेका प्रमोद सिटौलाले सेटिङमा काम गर्दै आइरहेका थिए ।
स्रोतका अनुसार सिटौला फसेको खण्डमा बराल पनि तानिने भएपछि सिटौलालाई रहस्यमय ढंगले फरार बनाइएको छ । शाखा प्रमुख बराललाई भने शेरचनको विशेष कृपा रहँदै आएको बताइएको छ । बैंकका म्यानेजर बराल भने गायब भएको रकमको जिम्मा आफूले लिनु त कता हो कता उल्टै सवा करोड गायव भएको घटना मुख्यालयमा जानकारी गराइएको र बिहीबार केन्द्रबाट छानबिन टोली आएर सत्यतथ्य विवरण बाहिर ल्याउने बताएर पन्छिन खोजिरहेका छन् ।
हुन त प्रभु बैंकका लागि रकम अपचलन र दुरुपयोगका घटना नौला होइनन् । तत्कालिन ग्राण्ड बैंकसँग मर्ज हुँदा २ अर्ब ९० करोड कर्जा नोक्सानी भएको विषय पनि प्रभु बैंकले लुकाउँदै आएको छ । यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोप्य रुपमा अनुसन्धान गरिरहेको छ । सीआईबीले बैंकलाई जाहेरी दिन पटक–पटक आग्रह गर्दा पनि शेरचन अफै फस्ने कारण जाहेरी दिन मानिरहेका छैनन् ।
तत्कालीन सीआईबी प्रमुख एआईजी धीरजप्रताप सिंहसँग मिलेर शेरचनले अनुसन्धानलाई नै ‘होल्ड’ गराएका थिए । तर, अहिलेका सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले भने अनुसन्धानलाई अगाडि बढाएका हुन् । यसअघि एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरी २०८० माघ २१ गतेबाट सम्पर्कविहिन भएका रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको थियो ।
त्यसैगरी २०८० फागुन १५ मा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रभु बैंकमा यस्ता घटनाहरू बारम्बार दोरिरहँदा पनि सीईओ शेरचन कानमा तेल हालेर बसेका छन् । हुन त कयौं अपचलनमा उनी आफै पनि नमुछिएका होइनन् । नक्कली कागजातको आधारमा जानकी मेडिकल कलेजलाई बैंकले करोडौ कर्जा दिएको प्रकरणमा सीईओ शेरचन नै मुछिएका थिए भने राष्ट्र बैंकबाट अनुसन्धान समेत भएको थियो । तर, शेरचन उक्त अनुसन्धानलाई नै रोक्न सफल भएका थिए ।
केही बर्ष अघि जानकी मेडिकल कलेजका सञ्चालक बलराम गुप्ता सुन काण्डमा पक्राउ परेको बेला अध्यक्ष रहेका ओपी पाण्डेले प्रभु बैंकका सीईओ शेरचनसँगको मिलेमतोमा नक्कली विवरण पेश गरेर बैंकबाट कर्जा लिन सफल भएका थिए ।
समस्याग्रस्त जानकी मेडिकल कलेजमा प्रभु बैंकका सीईओ शेरचनले जनताको डिपोजिटबाट जम्मा भएको बैंकबाट करोडौ कर्जा दिएर फाइदा लिएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको थियो । तर, शेरचनमाथि राष्ट्र बैंकले अनुसन्धान नै गर्न सकेन । प्रभु बैंकको ठगी प्रकरणबारे सीईओ शेरचनसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार