दाङमा एक वर्षमा विपद्का कारण ५२ जनाको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १४:४:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/death-2_JRX1t2glHG_jDGrFUUXPe.jpg)
१७ साउन, दाङ । दाङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्मा परी ५२ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार एक वर्ष अवधिमा पानीमा डुबेर सबैभन्दा धेरैको ज्यान गएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका शाखा प्रमुख शम्भु आचार्यका अनुसार, आव २०८०/८१ मा पानीमा डुबेर २५, बाढीका कारण १६, सर्पदशंले आठ, करेन्ट लागेर छ, आगलागीमा परेर पाँच, चट्याङ लागेर तीन र हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।
दाङमा गत तीन आवमा मनसुनजन्य विपद्बाट एक हजार चार सय ३४ घर प्रभावित भएका छन् । आव २०८०/८१ मा दुई सय ८८ घरधुरी प्रभावित भएका छन् । जसमा हावाहुरी, भारी वर्षा, चट्याङ, आगलागी, सर्पदंश जस्ता विपद्बाट दुई सय ८८ र बाढीबाट २५ घरधुरी प्रभावित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
आव २०७९/८० मा जिल्लामा दुई हजार नौ सय ५७ घर मनसुनजन्य विपत्बाट प्रभावित भएका थिए । बाढी, आगलागी, हावाहुरी, चट्याङ, सर्पदंशलगायतका नौ सय २१ घटना घटेको थियो ।
गत वैशाखदेखि अहिले सम्म बाढीले दुई हजार पाँच सय सात घरपरिवार प्रभावित भएका छन् । वैशाखयता दाङमा पाँच जनालाई बाढीले बगाएको छ । बाढीकै कारण तुलसीपुर उपमहानगरपालिकाको गोठीखोलाका तारा गुरुङ, सोही पालिकाको मटेराकी सम्झना चौधरीको बबई नदीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिकाको खरदरियाका राजकुमार यादव, लमही नगरपालिका– ८ नयाँ बस्तीका मनिराम चौधरी तथा राजपुर गाउँपालिकाको सालभौडीका छेदुराम चौधरीको नदीमा डुबेर मृत्यु भएको हो । तीन महिना अवधिमा एक सय ७४ वटा घर, चार गोठ, छ उद्योग तथा पसलमा क्षति भएको छ । बाढीले एक सय ६० मौरीका घार पनि बगाएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
बाढीमा डुबेर गत वैशाखयता ३६ चौपाया र चार सय पाँच कुखुरा मरेको र एउटा सवारी साधन बगाएको छ । हालसम्म मनसुनी गतिविधि सक्रिय रहेकाले बाढीको उच्च जोखिम क्षेत्र पहिचान गरी विपद् न्यूनीकरणका लागि विपद् प्रतिकार्यको काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।
उहाँका अनुसार राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका सबै वडा, राप्ती गाउँपालिका–१, २, ३, ६, ७, लमही नगरपालिका–२, ४, ५, ६, ७, ८ र ९ मा मनसुनी विपद्को दृष्टिकोणले जोखिम पहिचान गरी काम भइरहेको छ । जिल्लाको बालिम, सिस्ने, कटुवा, सेवार, गुर्जे, पत्रे, सक्राम, चौवा, ग्वार, काला, पातु, गहते, भमके, बागर, बौलाहा, चिसापानी, च्यान्टी, उपल्लो र तल्लो ट्वाङ, सुसाउने, तुई, कलम, घट्टे, मलैलगायत खोलाका कारण मुनसुनजन्य विपतबाट क्षति हुने गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार